कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आइतबारदेखि चलिरहेको ‘बीपी साहित्य महोत्सव’ को दोस्रो दिन महामन्त्री गगन थापाले सञ्चालन गरेको सत्रको शीर्षक थियो– बीपीले नपाएका १५ वर्ष । बोल्ने वक्ताहरू थिए– संविधानविद् विपिन अधिकारी, राजनीतिक विश्लेषक हरि शर्मा, अर्थविद् अच्युत वाग्ले र विश्लेषक मञ्चला झा ।