दोब्बर बढ्यो लघु, साना उद्योगको दर्ता

कोरोना महामारी संक्रमणकैबीच मुलुकभर लघु, घरेलु तथा साना उद्योग दर्ता तथा लगानीमा वृद्धि भएको देखिएको छ । उद्योग विभागले केही दिनअघि सार्वजनिक गरेको ‘लघु, घरेलु तथा साना उद्योग तथ्यांक २०७७÷७८’ अनुसार अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा यस्ता उद्योग दर्ता र प्रस्तावित कुल पूँजी पनि बढेको छ । विभागले सार्वजनिक गरेको उक्त तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७७/७८ मा यस्ता उद्योगको दर्ता उल्लेख्य वृद्धि भएको छ । उक्त वर्ष ७७ ओटै जिल्लामा गरी ८३ हजार ३८६ उद्योग दर्ता भएका छन्, जुन यो त्यसको अघिल्लो वर्षभन्दा झन्डै ...

सम्बन्धित सामग्री

पर्सामा महिलाका नाममा साना उद्योग दर्ता बढ्यो

पर्सामा महिलालाई मुख्य सञ्चालक बनाएर साना उद्योग दर्ता गर्ने क्रम बढेको छ । सरकारले महिला सञ्चालक भएका उद्योग दर्तामा ३५ प्रतिशतमात्र दस्तुर लाग्ने व्यवस्था गरेपछि उद्योग दर्ता बढेको हो ।

बढ्यो पर्सामा महिलाका नाममा साना उद्योग दर्ता

पर्सामा महिलालाई मुख्य सञ्चालक बनाएर साना उद्योग दर्ता गर्ने क्रम बढेको छ। सरकारले महिला सञ्चालक भएका उद्योग दर्तामा ३५ प्रतिशतमात्र दस्तुर लाग्ने व्यवस्था गरेपछि उद्योग दर्ता बढेको हो।

बढ्यो पर्सामा महिलाका नाममा साना उद्योग दर्ता

पर्सामा महिलालाई मुख्य सञ्चालक बनाएर साना उद्योग दर्ता गर्ने क्रम बढेको छ। सरकारले महिला सञ्चालक भएका उद्योग दर्तामा ३५ प्रतिशतमात्र दस्तुर लाग्ने व्यवस्था गरेपछि उद्योग दर्ता बढेको हो।

कपिलवस्तुमा उद्योग–व्यवसाय दर्ता घट्यो, बन्द हुनेको संख्या बढ्यो

आर्थिक मन्दीको प्रभाव कपिलवस्तुका घरेलु तथा साना उद्योगमा पनि परेकोे छ । जिल्लामा व्यवसायी विस्थापित हुने क्रम बढ्दै गएपछि एक वर्षको अवधिमा एक सय १४ उद्योग तथा फर्म बन्द भएका छन् ।...

फर्म दर्ता र खारेजी दुवै बढ्यो

धादिङ– दर्ताबिना उद्योग, व्यापार तथा व्यवसाय गर्न तीनै तहको सरकारले कडा गरेसँगै उद्योग वाणिज्य क्षेत्रमा उद्योग तथा वाणिज्यसँग सम्वन्धित फर्म दर्ता र खारेजी गर्ने क्रम बढेको छ । बागमती प्रदेश सरकार मातहत रहेको घरेलु तथा साना उद्योग कार्यालय, धादिङमा आर्थिक वर्ष ०७९/८० मा उद्योगतर्फ २ सय ४६ र वाणिज्यतर्फ १ सय फर्म दर्ता भएका छन् […]

बैतडीमा महिलाको नाममा उद्योग दर्ता बढ्यो

घरेलु तथा साना उद्योग कार्यालयका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा ७ सय ५४ उद्योग दर्ता भएकामा २ सय ७१ उद्योग महिलाका नाममा दर्ता भएका भएका छन् ।

नवलपुरमा कृषि पेशामा लाग्नेको संख्या बढ्यो

नवलपुर । नवलपुरमा कृषि पेशामा लाग्ने युवाहरुको संख्या बढेको छ । विशेषगरि वैदेशिक रोजगारबाट फर्केर आएका युवाहरु कृषिमा लागेको देखिएको छ । घरेलु तथा साना उद्योग कार्यालय नवलपुरको तथ्याङ्क अनुसार नवलपुरमा एक महिनामा मात्र ४० वटा कृषि फर्म दर्ता भएको छ । फर्म दर्ता गराउन आउने सबैभन्दा बढी कृषि फर्म रहेको कार्यालयकी सुचना अधिकृत राधिका […]

उद्योग दर्ता र लगानी प्रस्ताव दुवै बढ्यो

काठमाडौं । चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो ६ महीना अर्थात् पुस मसान्तसम्म आइपुग्दा उद्योग दर्ता र लगानी प्रस्ताव गतवर्षभन्दा बढेको देखिएको छ । गत आव २०७७/७८ को तुलनामा स्वदेशी र विदेशी लगानीको प्रस्ताव ६० दशमलव ९५ प्रतिशतले बढेको छ । उद्योग विभागको तथ्यांकअनुसार पुस मसान्तसम्ममा साना, मझौला र ठूला उद्योग गरी कुल १५४ ओटा उद्योग दर्ता भएका छन् । यी उद्योगको कुल प्रस्तावित लगानी रू. १ खर्ब ८६ अर्ब रहेको छ । यो लगानी र उद्योग दर्तामा स्वदेशी र विदेशी दुवैखाले पर्छन् । यही अवधिमा गतवर्ष भने कुल उद्योग दर्ता संख्या १०३ र कुल लगानी प्रस्ताव रू. ७२ अर्ब ६२ करोड थियो । विभागका अनुसार चालू आवको दोस्रो चौमाससम्ममा विदेशी लगानीका १२९ ओटा उद्योग दर्ता भएका छन् । यी उद्योगको कुल प्रस्तावित लगानी भने रू. ३० अर्ब ५६ करोड छ । गतवर्ष यही अवधिमा यस्ता उद्योगको दर्ता संख्या १२३ थियो भने लगानी प्रस्ताव रू. २३ अर्ब ४७ करोड थियो । विदेशी लगानीकर्ता ठूला उद्योगभन्दा पनि साना उद्योग दर्ता र लगानीमा बढी केन्द्रित देखिएको विभागको तथ्यांकले देखाउँछ । चालू आवको यो अवधिमा जम्मा दुईओटा ठूला उद्योग दर्ता भएका छन् भने गतवर्ष पनि दुईओटा नै ठूला उद्योगको प्रस्ताव आएको थियो । तर, तुलनात्मक रूपमा साना उद्योगमा विदेशी लगानीकर्ताले लगानी प्रस्ताव र दर्तामा भने उल्लेख्य चासो रहेको देखिन्छ । चालू आवको यो अवधिमा वैदेशिक लगानीका उद्योग दर्तामध्ये ९० ओटा उद्योग साना उद्योगमा दर्ता छन् भने गतवर्ष यस्ता उद्योग दर्ताको संख्या ११९ थियो । यो वर्ष मझौला उद्योग दर्तामा भने गतवर्षभन्दा सुधार देखिएको छ । यो वर्ष विदेशी लगानीका ३७ ओटा मझौला उद्योग दर्ता भएका छन् भने गतवर्ष जम्मा दुईओटा मझौला उद्योग दर्ता भएका थिए । वैदेशिक लगानी स्वीकृत गरी कार्यान्वयनमा आउँदा ८ हजार १४६ जनाले रोजगारी पाउनेछन् । कुल स्वदेशी र विदेशी लगानीका उद्योग सञ्चालनमा आउँदा भने कुल १३ हजार ७४८ ले रोजगारी पाउने विभागको तथ्यांकमा उल्लेख छ ।

उद्योग दर्ता पोहोर भन्दा अहिले बढ्यो, झन्डै दुई खर्ब रुपैयाँको लगानी प्रस्ताव

काठमाण्डाै – चालु आर्थिक वर्षको पहिलो ६ महिनामा स्वेदेशी र विदेशी गरी एक सय ५४ वटा उद्योग दर्ता भएका छन् । उद्योग विभागका अनुसार गएकाे आर्थिक वर्षको ६ महिनामा एक सय तीन वटा उद्योग दर्ता भएकोमा यो वर्ष साउनदेखि पुससम्म ५१ वटाले बढेर एक सय ५४ वटा पुगेका छन् । जसमध्ये ४५ वटा ठूला, ५७ वटा मझौला र ५२ वटा साना उद्योग रहेका छन् । यी उद्योगमा एक खर्ब ८६ अर्ब रुपैयाँ लगानी प्रस्ताव गरिएको छ । यसमध्ये ३० अर्ब ५६ करोड रुपैयाँ विदेशी लगानीको प्रस्ताव हो भने बाँकी स्वदेशी रहेको छ । गएकाे आर्थिक वर्षको पहिलो ६ महिनामा जम्मा ७२ ...

दोब्बर बढ्यो लघु, साना उद्योगको दर्ता

काठमाडौं । कोरोना महामारी संक्रमणकैबीच मुलुकभर लघु, घरेलु तथा साना उद्योग दर्ता तथा लगानीमा वृद्धि भएको देखिएको छ । उद्योग विभागले केही दिनअघि सार्वजनिक गरेको ‘लघु, घरेलु तथा साना उद्योग तथ्यांक २०७७/७८’ अनुसार अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा यस्ता उद्योग दर्ता र प्रस्तावित कुल पूँजी पनि बढेको छ । विभागले सार्वजनिक गरेको उक्त तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७७/७८ मा यस्ता उद्योगको दर्ता उल्लेख्य वृद्धि भएको छ । उक्त वर्ष ७७ ओटै जिल्लामा गरी ८३ हजार ३८६ उद्योग दर्ता भएका छन्, जुन यो त्यसको अघिल्लो वर्षभन्दा झन्डै दोब्बरले बढी हो । त्यस वर्ष कुल दर्ता भएका ती उद्योगको प्रस्तावित कुल पूँजी १ खर्ब ८५ अर्ब २० करोड रुपैयाँ रहेको छ भने ती उद्योग सञ्चालनमा आउँदा रोजगारी पाउनेको संख्या ३ लाख ११ हजार ६९३ हुने प्रारम्भिक अनुमान छ । आर्थिक वर्ष २०७६/७७ मा मात्रै ७७ ओटै जिल्लामा कुल ४८ हजार ८५४ ओटा यस्ता उद्योग दर्ता भएका छन् । २०७६/७७ मा कुल दर्ता भएका उद्योगमा प्रस्तावित कुल पूँजी १ खर्ब ११ अर्ब १५ करोड रहेको छ । यी दर्ता उद्योग सञ्चालनमा आउँदा १ लाख ६९ हजार ७७१ जनाले रोजगार पाउने प्रक्षेपण गरिएको छ । विभागका अनुसार २०७६/७७ मा कुल दर्ता उद्योगमध्ये सबैभन्दा धेरै कृषि तथा वनजन्यका २२ हजार ९७ उद्योग दर्ता भएकामा गत आर्थिक वर्षमा भने यो क्षेत्रका दर्ता हुने उद्योगको संख्या ४८ हजार ८५२ रहेको छ । प्रतिवेदन लेखनमा संलग्न तथ्यांक अधिकृत पुष्पराज शिवाकोटी कोरोना महामारीपछि मुलुकमै केही गरौं भन्ने युवाको संख्या बढ्दा कोरोनाकै बीचमा पनि उद्योग दर्ताको संख्या बढेको बताउँछन् । विदेशिएका युवा नेपालमै आएका र कतिपय विदेश जान र यही बसोवास गर्दै आएकाहरूले पनि मुलुकभित्रै केही गरौं भन्ने चाहना राखेकैले दर्ता संख्यामा बढोत्तरी देखिएको उनको आकलन छ । विभागले यी २ आर्थिक वर्षका साथै शुरूदेखिकै तथ्यांक उक्त प्रतिवेदनमा समेटेको छ । यी २ वर्षको तथ्यांकसहित हालसम्म मुलुकभर लघु, घरेलु तथा साना उद्योगको संख्या ४ लाख ८७ हजारभन्दा बढी पुगेको छ । प्रादेशिक आधारमा यस्ता उद्योग दर्ता सबैभन्दा बढी वागमती प्रदेशमा ३२ प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशमा दर्ता भएका छन् । विभागको तथ्यांकअनुसार कर्णालीमा जम्मा ५ प्रतिशत लघु, घरेलु तथा साना उद्योग दर्ता भएका छन् । यसैगरी अन्य प्रदेशमा लुम्बिनीमा १७, प्रदेश १ र २ मा समान १४÷१४ प्रतिशत, गण्डकीमा ११ प्रतिशत, सुदूरपश्चिम प्रदेशमा ७ प्रतिशत यस्ता उद्योग दर्ता भएका छन् । त्यस्ता उद्योगलाई विभिन्न ८ तहमा राखेर वर्गीकरण गरिएको छ । त्यसमध्ये उत्पादनमूलक, कृषि तथा वनजन्य, पर्यटन र सेवामूलक उद्योग दर्ता संख्या बढी छ । विभागको तथ्यांकअनुसार हालसम्म दर्ता भएकामध्ये सबैभन्दा बढी सेवामूलक उद्योग छन् । हालसम्म १ लाख ७८ हजार ६६२ सेवामूलक उद्योग दर्ता भएका छन् भने सबैभन्दा कम सूचनाप्रविधिका उद्योग छन् । लघु, घरेलु तथा साना उद्योगको वर्गीकरणभित्र हालसम्म जम्मा ४१२ उद्योग दर्ता छन् भने खनिजजन्य उद्योगको संख्या पनि कम छ । विभागले यो तथ्यांकमा आर्थिक वर्ष २०५१/५२ देखिको दर्तालाई समेटेको छ । नेपाल उद्योग वाणिज्य महासंघका अनुसार यस्ता उद्योगले कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा झन्डै २२ प्रतिशत योगदान दिएका छन् भने २५ लाखभन्दा बढी व्यवसायी छन् ।