गोरखा, ११ चैत । पहिलेपहिले औषधिका रुपमा स्थानीयस्तरमा पाइने जडिबुटीको प्रयोग गरिए पनि आजभोलि कमैले मात्र गर्ने गदैछन् । शिक्षा, स्वास्थ्य, पूर्वाधारलगायतको पहुँच विस्तार भएसँगै सामान्यदेखि जटिल रोगको उपचारका लागि अस्पताल जानु अहिले सामान्य विषयवस्तु बनेको छ । स्थानीयस्तरमा उत्पादन हुने जडीबुटीको सही तरिकाले प्रयोग गरी घरेलु उपचार विधिमार्फत विभिन्न रोगको सहजै निदान गर्न सकिन्छ […]