काठमाडौं, ७ चैत। नेकपा (एमाले)ले जनसरोकारको विषय पहिचान गर्न पार्टीका स्थानीय कमिटीहरुलाई निर्देशन दिएको छ। एमालेका उपमहासचिव विष्णु रिमालले मंगलबार पार्टी कार्यलयामा आयोजित एक कार्यक्रममा बोल्दै चैत्रको २० गतदेखि २५ गतेसम्म ५ दिन पालिका स्तरका जनसरोकारको विषयमा रिर्पोटिङका लागि पालिकास्तरीय कमिटीहरुलाई समय तोकिएको जनाए। त्यसैगरी २५ गतेदेखि ३० गतेसम्म जिल्लाले आफ्नो सो विषयको रिर्पोट बनाउनुपर्ने उपमहासचिव रिमालको भनाई थियो।