काठमाडाैं : नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा समूहगत छलफलको निष्कर्ष राख्ने काम सकिएको छ। जारी माओवादी केन्द्रको महाधिवेशनमा अध्यक्ष प्रचण्डको प्रतिवेदनमाथि छलफल गर्न २५ वटा समूह बनाइएको थियो। हिजो रिपोर्टिङ गर्न बाँकी रहेका १४ वटा समूहको निष्कर्ष बिहीबार बन्दसत्रमा टोली नेताले प्रस्तुत गरेसँगै समूहगत छलफलको निष्कर्ष राख्ने काम सकिएको हो।बन्दसत्र शुक्रबार दिउँसो १ बजे सुरु हुने पार्टीका प्रचार विभाग सचिव