काठमाडौं : नेकपा (एमाले)को प्रथम विधान महाधिवेशनमा आजदेखि विभिन्न प्रस्तावहरूमाथि समूहगत छलफल सुरु हुँदैछ।शुक्रबार अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेका राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले पेस गरेका सांगठनिक र उपमहासचिव विष्णु पौडेलले पेस गरेका विधान संशोधन प्रस्तावमाथि छलफल हुन लागेको हो। छलफलका लागि १० वटा समूह बनाइएको छ। समूहगत छलफल बिहान ८ बजेबाटै सुरु हुने जनाइएको छ।समूहगत छलफलको सहजीकरणका लागि २० नेतालाई जिम्मेवारी तोकिएको छ। शनिबार बिहानदेखि हुने समूहगत छलफलको निश्कर्षहरु आजै दिउ