भैरहवामा माओवादी नेता भण्डारीसहित २ सय कार्यकर्ता एमालेमा प्रवेश

रुपन्देही । निर्वाचनको संघारमा रुपन्देहीको भैरहवामा नेकपा माओवादी पार्टी परित्याग केही नेता कार्यकर्ता एमाले प्रवेश गरेका छन् । सिद्धार्थनगर नगरपालिका वडा नं ९ का माओवादी पार्टीका पूर्व वडाध्यक्ष पुरन भण्डारी सहित २ सय कार्यकर्ता एमालेमा प्रवेश गरेको एमालेका जिल्ला उपसचिव हितराज पन्थीले दाबी गरे । नेकपा एमालेको विचार र सिद्धान्तलाई अंगाल्ने प्रतिबद्धताका साथ भण्डारीले आफू […]

सम्बन्धित सामग्री

ओखलढुंगाका दुई माओवादी नेता एमालेमा प्रवेश, हर्कपुरमा ओलीले गरे स्वागत

ओखलढुंगा । मध्यपहाडी संकल्प यात्राका क्रममा ओखलढुंगाका दुई माओवादी नेता नेकपा एमालेमा प्रवेश गरेका छन् । मंगलबार कोशी प्रदेश प्रवेश गरेको एमालेको संकल्प यात्राको क्रममा ओखलढुंगाको हर्कपुरमा आयोजित जनसभाबाट उनीहरु पार्टी प्रवेश गरेका हुन् । प्रवेश गर्नेमा लिखु गाउँपालिका- २ का वडाध्यक्ष उम्मेदवार युवा नेता शिवराम खड्का र अनेरास्ववियु क्रान्तिकारीका जिल्ला उपाध्यक्ष सुरेश खड्का छन् […]

माओवादीका पूर्व सांसद छक्क बहादुर एमालेमा प्रवेश

काठमाडौं । माओवादी नेता एवं पूर्व सांसद छक्कबहादुर लामा नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको बालकोट पुगेर लामा एमाले प्रवेश गर्नु भएको हो । लामाले २०७४ सालको आमनिर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर हुम्लाबाट चुनाव जित्नु भएको थियो । त्यतिबेला माओवादीले टिकट नदिएपछि लामाले स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो । […]

माओवादी नेता जीवन गौतम एमालेमा प्रवेश

नेकपा माओवादी केन्द्रका नेता जीवन गौतम एमाले प्रवेश गरेका छन् । शुक्रबार एमाले अध्यक्ष केपी शर्मा ओलीले गौतमलाई एमाले प्रवेश गराएका हुन् । त्यसक्रममा अध्यक्ष ओलीले एमालेमा रहेर मात्रै देशमा योगदान गर्न सकिन्छ भन्ने पुष्टि भएको बताए । दाङ जिल्लाका गौतम माओवादी नेता नारायणकाजी श्रेष्ठ निकट मानिन्छन् । उनी नेकपा माओवादी केन्द्रका दाङ इन्चार्ज तथा केन्द्रीय सदस्य थिए । स्थानीय तहको निर्वाचनमा मेयरको टिकट नपाएपछि पार्टीसँग रुष्ट बनेका थिए ।

जसपाका मेयर राय र माओवादी नेता ढुंगानासहित १८ वडाध्यक्ष एमालेमा प्रवेश

सर्लाही । सर्लाहीको मलंगवामा आयोजित कार्यक्रमकाबीच कविलासी नगरपालिकाका मेयर कौशल किशोर यादवसहित विभिन्न स्थानीय तहका १८ जना वडाध्यक्ष नेकपा एमालेमा प्रवेश गरेका छन् ।

रुपन्देहीमा माओवादी नेता एमालेमा प्रवेश

बुटवल– चुनावको मुखमा रुपन्देहीमा नेकपा माओवादी केन्द्रका जिल्लादेखि वडा तहसम्म नेता एमालेमा प्रवेश गरेका छन् । माओवादी केन्द्र रुपन्देहीकी जिल्ला कमिटी सदस्य मञ्जु भुसालसहितका नेता, कार्यकर्ता एमाले प्रवेश गरेका हुन् ।भुसालले बुटवल उपमहानगरपालिकामा माओवादी केन्द्रबाट उपमेयरको दाबी गरिरहेकी थिइन् । माओवादी केन्द्रले उपमेयर दिने बाचा गरे पनि पार्टीको कुनै भविष्य नदेखेकाले आफू एमाले प्रवेश गरेको […]

भरतपुर माओवादी नेता तथा पूर्व वडाध्यक्ष पौडेल एमालेमा प्रवेश

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का चितवन जिल्लाका नेता तथा भरतपुर महानगरपालिकाका पूर्व वडाध्यक्ष खेमराज पौडेल बिहीबार नेकपा एमालेमा प्रवेश गरेका छन् । पार्टी केन्द्रीय कमिटी बैठक चलिरहेका बेला बबरमहलस्थित कार्की बैंक्वेटमा आयोजित कार्यक्रममा पौडेललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका हुन् । पौडेल २०४९ सालमा भरतपुर वडा नम्बर १ बाट वडाध्यक्ष निर्वाचित भएका […]

माओवादीबाट निलम्बित नेता तथा प्रदेश सांसद् विष्ट एमालेमा प्रवेश

सुर्खेत– कर्णालीका प्रदेशसभा सदस्य तथा माओवादी नेता ठम्मर विष्ट नेकपा एमालेमा प्रवेश गरेका छन् । नेकपा माओवादी केन्द्रको तर्फबाट सुर्खेत क्षेत्र नम्बर १ (क) निर्वाचित सांसद विष्ट नेकपा एमालेमा प्रवेश गरेका हुन् । प्रदेशसभामा दलका प्रमुख सचेककसमेत रहेका विष्टले फागुन २७ गते प्रमुख सचेतक र पार्टीबाट राजीनामा दिएका थिए । पार्टी प्रवेश गरेका विष्टसहित नेता […]

मकवानपुरका माओवादी नेता बलराम बल एमालेमा प्रवेश

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा तत्कालीन नेकपाका मकवानपुर जिल्ला सचिव बलराम वल एमालेमा प्रवेश गरेका छन् । एमाले वागमती प्रदेश कमिटीले शुक्रबार आयोजना गरेको कार्यक्रमका बीच माओवादीका अन्य जिल्लास्तरीय नेता कार्यकर्तासहित उनी पार्टी प्रवेश गरेका हुन् । वललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले माला र खादा लगाएर पार्टी प्रवेश गराएका थिए । तत्कालीन […]

ओली सहमतिमा नआए प्रभु साह पदाधिकारीमा चुनाव लड्ने

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पूर्व माओवादी नेता प्रभु साह फेरि असन्तुष्ट देखिएका छन् । जिल्ला तहमा महाधिवेशन प्रतिनिधिहरू चयन गर्दा ओली पक्षले प्रदेश २ मा एकलौटी गरेको भन्दै साह असन्तुष्ट बनेका हुन् ।माओवादीबाट एमालेमा प्रवेश गरेका रौतहटका पूर्वसांसद साह पार्टीभित्र एकताको भावना हुनुपर्ने भन्दै ओलीसँग असन्तुष्ट थिए । तर, पछिल्लो समयमा चितवन पुगेर उनले ओलीलाई बाँचुञ्जेल साथ दिने वचन दिएका थिए । ओलीले पूर्वमाओवादीबाट आएका नेता–कार्यकर्तालाई भेदभाव नगरिने बताएपछि साहले ओलीलाई जीवनभ