जाजरकोट : कोरोना महामारीका बेला फ्रन्टलाइनमा खटिएर काम गरेका जाजरकोटका स्वास्थ्यकर्मीले अझै जोखिम भत्ता पाएका छैनन्। भेरी नगरपालिकामा कार्यरत ८० जना र बारेकोट गाउँपालिकामा कार्यरत ६२ जना स्वास्थ्यकर्मीले जोखिम भत्ता नपाएको गुनासो गरेका छन्। अन्य स्थानीय तहका स्वास्थ्यकर्मीहरुले पनि नपाएको बताएका छन्। संघीय सरकारले जोखिममा काम गर्नेलाई १०० प्रतिशत, सर्पोटमा काम गर्नेलाई ७५ प्रतिशत र अन्य स्वास्थ्यकर्मीलाइ ५० प्रतिशत रकम दिने घोषण गरेको थियो। तर, अघिल्लो वर्षका चैतदेखि असार मसान्तसम्म र