स्वास्थ्यकर्मीले पाएनन् दुई वर्षदेखि कोभिड जोखिम भत्ता

धुलिखेल अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले कोभिड महामारीको दोस्रो चरण सकिन लाग्दा समेत जोखिम भत्ता प्राप्त गर्न सकेका छैनन् । धुलिखेलबाहेक केही स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मीले समेत जोखिम भत्ता प्राप्त गर्न नसकेको पाइएको छ ।दुई चरणकै संक्रमणमा जोखिम भत्ता प्राप्त गर्न नसकेका स्वास्थ्यकर्मी कर्मचारीले तेस्रो चरणको संक्रमण आयो भने कसरी कार्य क्षेत्रमा खटिन सक्लान् चिन्ताको विषय बन्न थालेको स्वास्थ्यकर्मीले बताएका छन् । पहिलो चरणको कोभिडको समयमा धुलिखेल अस्पतालमा कोभिड अवधिमा अधिकृत तहभन्दा मा

सम्बन्धित सामग्री

स्वास्थ्यकर्मीले अझै पाएनन् कोभिड जोखिम भत्ता, के भन्छ सरकार - BBC News नेपाली

कोभिड महामारीका बेला काममा खटेका स्वास्थ्यकर्मीले आफूले जोखिम भत्ता नपाएकाले काम गर्न मनोबल खस्किएको बताएका छन्।

स्वास्थ्यकर्मीको दुई वर्षदेखिको कोभिड जोखिम भत्ता रोक्का

काभ्रे, भदौ २० । धुलिखेल अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले कोभिड महामारीको दोस्रो चरण सकिन लाग्दा समेत जोखिम भत्ता प्राप्त गर्न सकेका छैनन् । धुलिखेलबाहेक केही स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मीले समेत जोखिम भत्ता प्राप्त गर्न नसकेको पाइएको छ । दुई चरणकै संक्रमणमा जोखिम भत्ता प्राप्त गर्न नसकेका स्वास्थ्यकर्मी कर्मचारीले तेस्रो चरणको संक्रमण आयो भने कसरी कार्य क्षेत्रमा […]

सुदूरपश्चिमका स्वास्थ्यकर्मीले पाएनन् कोभिड जोखिम भत्ता

२१ साउन, धनगढी । सुदूरपश्चिम प्रदेशमा कोरोना महामारीका बेला जोखिम मोलेर काम गरेका स्वास्थ्यकर्मीले जोखिम भत्ता नपाएको गुनासो गरेका छन् । संघीय सरकार, प्रदेश सरकार तथा स्थानीय तहबीचको आपसी समन्वय अभाव र मतभेदका कारण दोस्रो लहरको कोरोना संक्रमणका बेला संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीले जोखिम भत्ता नपाएका हुन् । संक्रमितको उपचारमा रातदिन खटिएर पनि राज्यले कानून […]

५० प्रतिशत कोभिड जोखिम भत्ता उपलब्ध गराउन अस्पतालसँग विवरण माग [पत्रसहित]

मन्त्रालयले मन्त्रिपरिषदको वैशाख १९ गतेको निर्णय अनुसार कोभिड उपचारमा प्रत्यक्ष रुपमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मी र अन्य कर्मचारीहरुलाई ६ महिनासम्म सुरु तलब स्केलेको ५० प्रतिशत जोखिम भत्ता उपलब्ध गराउन विवरण माग गरेको हो।

न्याम्सका आवासीय चिकित्सकले राखे ११ बुँदे माग

आवासीय चिकित्सकहरुले न्याम्स अन्तर्गतका अस्पतालका कोरोना परीक्षण २४ सै घण्टा हुनुपर्ने, आवासीय चिकित्सकहरुलाई कोभिड जोखिम भत्ता उपलब्ध गराउनुपर्ने लगाएतका ११ बुँदे माग राखेका छन्।

मेचीका स्वास्थ्यकर्मीले अझै पाएनन् कोराेना जोखिम भत्ता

काठमाण्डाै – कोराेना सङ्क्रमणको दोस्रो लहर तीव्रगतिमा फैलिइरहेको छ । अन्य क्षेत्रभन्दा बढी जोखिम मोलेर स्वास्थ्यकर्मीले बिरामीको उपचार गरिरहेका छन् । ज्यानको प्रवाह नगरी अग्रभागमा खटिएका मेची प्रादेशिक अस्पतालका स्वास्थ्यकर्मीले पहिलो लहरकै बेलाको कोभिड जोखिम भत्ता पाएका छैनन् । जोखिमको भयावहस्थितिमा सरकारले एक वर्षसम्म भत्ता दिने निर्णय गरेको थियो । जोखिममा काम गर्दा भत्ता नदिइएपछि मेची अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारी निराश बनेका अस्पतालका सुपरिन्टेन्डेन्ट डा पिताम्बर ठाकुरले बताउनुभयो । “कोराेनाको पहिलो लहर स...

कोभिड जोखिम भत्ता नपाएको भन्दै वीर अस्पतालका आवासीय चिकित्सक आन्दोलित

कोरोना संक्रमितको उपचारमा खटाएर आफुहरुलाई सरकारले उपलब्ध गराएको जोखिम भत्ता भने नदिएको भन्दै वीर अस्पतालका आवासीय चिकित्सकहरु आन्दोलित भएका हुन्।

कोभिडको सेवा बहिष्कार

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिकल अफिसरहरूले दोस्रो चरणको आन्दोलन घोषणा गरेका छन् । सरकारले तोकेको मापदण्डअनुसार आठौं तहको तलब सुविधा र कोभिड जोखिम भत्ता पाउनुपर्ने माग पूरा गर्न व्यवस्थापन पक्ष सहमत नभएपछि उनीहरूले बुधबारदेखि थप आन्दोलन गर्ने घोषणा गरेका हुन् ।

३६ दिनदेखि वीर अस्पतालका कर्मचारी आन्दोलनमा

८ मंसिर, काठमाडौं । कोभिड जोखिम भत्ता उपलब्ध नगराएको भन्दै वीर अस्पतालका स्वास्थ्यकर्मीहरुले ३६ दिनदेखि आन्दोलन गरिरहेका छन् । औषधि खरिद भत्ता,सेवा विस्तार भत्ता कोभिड जोखिम भत्ता उपलब्ध गराउनु पर्ने उनीहरुको माग छ । ३६ दिनयता आन्दोलनरत …