पाथीभरामा तीर्थयात्रीको चाप बढ्यो

ताप्लेजुङ – कोरोना सङ्क्रमणका कारण गएको तीन वर्षदेखि शिथिल भएको पाथीभरा देवीको मन्दिरमा तीर्थयात्रीको चाप बढेको छ । अहिले सिजन सुरु हुनुअघि नै दैनिक सात हजार जनासम्म तीर्थयात्री आउन थालेका छन् ।  कोरोनाको जोखिम घटेसँगै सिजन अगाडि नै दैनिक सात हजार जनासम्म तीर्थयात्री आएका पाथीभरा क्षेत्र विकास समितिका निर्देशक मनमणि काफ्लेले बताउनुभयो ।  पाथीभरा दर्शनका लागि वैशाखभरि नै मुख्य सिजन मानिन्छ । चैते दशैँ नजिकिएसँगै पाथीभरा दर्शन गर्न आउने तीर्थयात्रीहरूको सिजन सुरु भएको हो ।  काफ्लेका अनुसार ...