गठबन्धन गाईजात्राका रोचक दृश्य : सत्ताको लाठी आफ्नै कार्यकर्तामाथि किनकि अझै रमिता जारी छ

ठाउँ र परिस्थितिअनुसार आफूलाई सर्लक्क ढाल्नु प्रचण्डको विशेषता नै हो। त्यसैले उनका अभिव्यक्ति जुरुक्कै उचाल्ने खालको हुन्छ सधैंजसो। यति चाहिँ हो कि - उनी एम्बुसमा पर्छन् त्यस्तै अभिव्यक्तिका कारण। कुनै पनि राष्ट्रिय मुद्दामा निजी स्वार्थका लागि भावनात्मक हिसाबले प्रस्तुत हुनु प्रचण्डको विशेषता हो। त्यही विशेषताले प्रचण्डलाई अपत्यारिलो नेताका रुपमा स्थापित…

सम्बन्धित सामग्री

जयरानीको जादु, जितिन् चौथो स्वर्ण

२ कात्तिक, पोखरा । गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुदमा त्रिभुवन आर्मीकी जयरानी थारुले चौथो स्वर्ण जितेकी छिन् । उनले यसअघि प्रतिस्पर्धा गरेको ३ वटै इभेन्टमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेकी थिइन् । आज (बुधबार) पोखरा रंगशालमा ४ गुणा १०० मिटर रिलेमा जयरानी सहितको आर्मी टिमले स्वर्ण जितेको छ । महिला रिलेमा आर्मीका जयरानी थारु, रमिता […]

इराकमा प्रदर्शनकारीको संसद भवनभित्र रमिता

इराकको राजधानी बगदादस्थित संसद भवनमा प्रदर्शनकारीहरु प्रवेश गरेका छन्। इराकमा शिया धर्मगुरु मुक्तदा अल सदरका समर्थकहरुको जारी प्रदर्शनमा उनीहरु संसद भवन प्रवेश गरेका हुन्।धर्मगुरु सदरको पार्टीले गत अक्टुबरमा भएको आम चुनावमा सबैभन्दा धेरै सिट जितेको छ। तर धर्मगुरु सदर प्रतिद्वन्द्वी मोहम्मद अल सुदानीसँग सहकार्य गर्न तयार नभएपछि अहिलेसम्म नयाँ सरकार बन्न सकेको छैन ।

महोत्तरीको मनरामा एमालेको अग्रता

महोत्तरीको मनरा सिस्वा नगरपालिकामा नेकपा एमालेका उम्मेदवार राजेन्द्र साह तेलीले अग्रता लिएका छन् । शनिबार जारी मतगणनामा राजेन्द्रले ४६६ मत ल्याएका छन् भने नेपाली काँग्रेसका मोहन पाण्डेयले ४५२ मत प्राप्त गरेका छन् ।यस्तै जनता समाजवादी पार्टी जसपाका महेन्द्र रायले २८५ र लोसपाका संजय कुमार सिंहले १४७ मत प्राप्त गरेका छन् । यस्तै उपमेयरमा काँग्रेसका उम्मेदवार शकुन्तला देवीले ४४३, नेकपा एमालेकी पुष्पा कुमारीले ४३४, जसपाकी निर्मला कुमारी देवी सिंहले २७२ र लोसपाकी रमिता प्रधानले १२७ मत प्राप्त गरेका छन

सागकी पदक विजेता एस्तर र शान्ता स्वर्णका लागि भिड्ने

काठमाडौं (हाम्रो खेलकुद)– १३ औं दक्षिण एसियाली खेलकुद (साग) की कास्य पदक विजेता एपिएफकी एस्तर राई र त्रिभुवन आर्मी क्लबकी शान्ता श्रेष्ठबीच महिला ६१ केजी तौल समूह कुमुतेको स्वर्ण पदकका लागि भिड्ने भएका छन् । ललितपुर सातदोबाटोस्थित कराते हलमा जारी प्रतियोगिताको तेस्रो तथा अन्तिम दिन शनिबार सेमिफाइनलमा एस्तरले बागमती प्रदेशकी रमिता माझीलाई १५–७ र शान्ताले […]

देशकोे प्रगति जारी छ

नेपालमा काम गर्न अर्थात् व्यवसाय गर्नजति सजिलो अन्यत्र शायदै होला । झट्ट नगद फट्ट काम । पैसा तिर्नुस्, लाइसेन्स किन्नुस् । २ अर्बमा नयाँ टेलिकम । ३ अर्बमा पुनर्बीमा कम्पनी । दर्ता हुने कम्पनीको भविष्यको कमाइ हेरेर दस्तुर तोकिन्छ । सरकारको खल्तीमा थोरै र मन्त्री तथा नियामक प्रमुखको हातमा धेरै । यो सन्तुलन बिग्रियो भने नयाँ कम्पनी खोल्न पाइन्न । देशले उत्पादन बनाएर बेच्न सकेन होला । तर लाइसेन्स बेचेर राम्रै कमाइरहेको छ । चाहे त्यो मोटरसाइकल चालकको लाइसेन्स होस् वा कुनै उद्योग वा व्यवसाय खोल्ने लाइसेन्स । अखवारमा त आउँछन् काला कामका फेहरिस्त । तर देशका मुखियाहरू सफाइ पेश गर्छन् । अब भ्रष्टाचार हुन नदिने वाचा पनि गर्छन् । किस्तीको काजु, किसमिस र गिलासको विदेशी ह्विस्की रित्तिएसँगै बिर्सिन्छन् सबै वाचाहरू । सरकारी अफिसमा कुनै काम फत्ते गर्नु ठूलै युद्ध जित्नु जस्तै हो । तर नगद नारायण चढाएपछि काम तु. तमाम हुन्छ । त्यस्तै तपाईंलाई कुनै संस्थान, समिति वा बोर्डमा कार्यकारी पद चाहिएको छ भने २÷३ करोडको थैली ठीक पार्नुस्, काम भैहाल्छ । तपाईं भन्नुहोला यो त भ्रष्टाचार भयो भनेर । गलत । यो भ्रष्टाचार होइन । यो हाम्रो संस्कृति र हाम्रो गणतान्त्रिक परम्परा पो हो त । संस्कृति र परम्पराविरुद्ध जान त भएन नि ! यो भ्रष्टाचार सर्वव्यापी छ, यो विशालभन्दा विशाल छ अनि सूक्ष्मभन्दा सूक्ष्म छ, यो अनादि, नित्य छ । यो भ्रष्टाचारको झ्याङ दशै दिशामा फैलिएको छ । वडा वडामा, नगर नगरमा, प्रदेश प्रदेशमा यो कालो पैसाको कल्पवृक्ष खुवै झ्याङ्गिइरहेछ । यसैबाट डाँडाकाँडामा, खोला किनारमा अग्लिँदा छन् गगनचुम्बी महलहरू । यसरी देशको आर्थिक बगैंचामा भ्रष्टाचारका रूख यसरी झ्याङ्गिएका छन् कि अब यसलाई हटाउन त के घटाउन समेत सम्भव छैन । किनकि यो भूमि भ्रष्टाचारका लागि यति उर्वर बनिसकेको छ कि भ्रष्टाचारका फूल जताततै विना खनजोत मजाले उम्रिन सक्छन् । अफिस अफिसमा भ्रष्टाचारका नर्सरी लागेका छन् । त्यसका संरक्षक छन् त्यस अफिसका हाकिम, सचिव, मन्त्री र जिम्मेवार पदमा बसेकाहरू । पत्रकार, डाक्टर, ठेकेदार, इन्जिनियर, वकिल, कलाकार, पुलिस, रेक्टर, डाइरेक्टर, निर्देशक, सुबेदार, अधिकृत, एनआरएन, विदेशबाट रिटर्न, भद्र भलादमीहरू, राष्ट्रपतिबाट पुरस्कार प्राप्त गर्ने नेपाल आमाका थुप्रै रत्नहरू । को छैन यी नर्सरीका पालन पोषण गर्ने ? यस जंगलमा अरू रूख उम्रन पनि गाह्रो छ । सबै ठाउँमा भाग्यका ठेक्काहरू खुल्छन् । रकम बाँडिन्छ तल माथि, दाँया बाँया । नखाने को छ र ? नियम मिलाएर, ओठहरू सिलाएर, फाइल झिकाएर । मन्त्री, नेता, सरकारी कर्मचारीका त भाग्यरेखासँगै भ्रष्टाचारका समानान्तर रेखा बनिसकेका छन् । कसले भन्छ देशमा पार्टीमा एकता छैन भनेर ? सत्तापक्ष प्रतिपक्ष सबै जुटेकै त छन् । खाइरहेका छन् विदेशबाट उधारोमा आएको, पञ्चवर्षीय योजना, आयोजनाहरूको सुक्खा पाइपमा राखेर सँगै खान्छन् । लञ्ज, डिनर विशेष मेनु तयार गरेर । अघि नै त बढिरहेछ यो देश । अझ नयाँ पुराना सिंहदरबारहरूमा विराजमान छन् भ्रष्टाचारका महाप्रभु, सबैको शिरमा स्नेहको अदृश्य हात राख्ने । संविधान मिचेरै, नियम कानून नैतिकता कुल्चेरै भ्रष्टाचारको प्रतिस्पर्धा छ देशमा । त्यसैले त यत्रो उछलकुद, देश विदेश दौडाहा । विकास, अनुदान, गोष्टी, भाषण । मन्त्रालय, विभागहरूमा सधैं कुम्भमेला लाग्छ । चम्चाहरू, नयाँ लाइसेन्सका, नयाँ पदका उम्मेदवार घुमिरहेका हुन्छन् । पार्टीका पत्रकार, पार्टीका चन्दादाता, पुराना साथी, आन्दोलनका सहकर्मी, कार्यकर्ता । यस्तो लाग्छ– देशमा सधैं रमिता छ । मन्त्रीलाई थाहा छ सबैका लागि केही न केही गर्दिनु छ । फोन लगाउँछन् मन्त्रीका पीए– ‘हलो, म मन्त्रीज्यूको बाट ।’ उताबाट आवाज आउँछ– ‘हुन्छ हजुर, हस् हजुर, अवश्य हजुर, हजुरको जस्तो मर्जी ।’ यसरी नै यो स्वरलहरी गुञ्जिरहेको छ देशैभरि । तार गाँसिएको छ एकआपसमा । मुसाले झैं कोतरी कोतरी खाइरहेका छन् देशको सपनाको गोदाम । समिति, उपसमिति, आयोग, जाँच पड्ताल, अख्तियार, बयानका तहमा सडिरहेका छन् यथार्थहरू । अखवारमा त आउँछन् काला कामका फेहरिस्त । तर देशका मुखियाहरू सफाइ पेश गर्छन् । अब भ्रष्टाचार हुन नदिने वाचा पनि गर्छन् । किस्तीको काजु, किसमिस र गिलासको विदेशी ह्विस्की रित्तिएसँगै बिर्सिन्छन् सबै वाचाहरू । किसान मल र सिँचाइको अभावमा तड्पिरहन्छ । व्यवसायी व्यवसाय गर्दाका हजार बाधा देखेर छट्पटाइरहन्छ । स्वदेशमा जागीर नपाएपछि विदेश जान लिएको ऋणको भारी बोकेर युवा म्यानपावर दलाल र पासपोर्ट प्रशासन धाइरहन्छ । यता उही लाइन, उही हतार, उही हताश, उही मिलावट, उही भाषण निरन्तर चलिरहेको छ बजारमा । भएजति सबै कागजमा लेखिए पनि भ्रष्टाचारको महाकाव्य अलिखित नै रहिरहन्छ । काली लक्ष्मी प्रसन्न छिन् प्रशासनका फाइलरूपी कमलपत्रमाथि । व्यापारीका हात्ती डुलिरहेका छन् मन्त्रालय, विभाग विभाग । साँझ सधैंझैं जमघट हुन्छ र फेरि चिन्तन हुन्छ ‘देश बर्बाद भो । जबसम्म देशमा गतिलो नेता आउँदैन, बलियो सरकार आउँदैन, यो देशमा केही हुन्न । अर्को एक पेग थपौं है, ‘फर द रोड’ ? ‘अँ, जहाँसम्म भ्रष्टाचारको कुरा छ, कुन देशमा छैन र ? हाम्रोमा रोडै ठीक भएनन् । फ्री राइड इकोनोमी भयो । जसलाई जे गर्न मन लाग्यो, त्यै गर्न पाउने । यसरी लाइसेन्स बाँडेर त भएन नि । म चैं आज वाइन लिन्छु है । अँ, तपाईंको कुरा मनासिव छ । अनि सुनाउनुस्, अर्को टेन्डर कहिले हाल्ने त ?’ वातानुकूलित कारमा घर फर्किंदा बाटोमा जुलुसमा हिँडेका युवालाई देखाउँदै अर्को महानुभाव सोध्छन् कि यी जुलुसमा हिँडेका यी मनुवाहरू किन केही काम गर्दैनन् ? नेताजी स्टेजमा कुनै चलचित्रकी हिरोइनसँग कम्मर मर्काई मर्काई नाचिरहेका छन् । नेताको भाषण गर्ने पालो आउँछ– ‘देशलाई आत्मनिर्भर बनाउनै पर्छ । एमसीसी राष्ट्रघाती छ । कुनै हालतमा पास गर्न दिइँदैन ।’ अनि पेश हुन्छ देश विकासको चाइनिज वा रसियन क्रान्तिकारी मोडेल । देशले प्रगति गरिनै रहेको छ । यसरी अगाडि बढी नै रहेको छ एक सुसंस्कृत देश । प्रतिभाको पनि कमी छैन यो देशमा । कमी छ त केवल एउटा कुराको, त्यो हो– धन । त्यसैले त हाम्रा योजनाहरू पूरा हुन नपाएका । हो, त्यै धन जम्मा गर्न प्रायः सबै भ्रष्टाचार गर्न जुटेका छन् । अब सबैले धन जम्मा पार्न सके भने हामी पनि छिट्टै अरू देशले जस्तै बेस्करी प्रगति गर्न सक्छौं नि, हैन ?

पर्सामा 'बिनाकाम' चलाइएका ३ सय ९९ सवारी नियन्त्रण

पर्सा : कोरोनाबाट आम मानिसलाई बचाउन पर्सामा पाँच दिनदेखि निषेधाज्ञा जारी छ। निषेधाज्ञाका समयमा बिनाकाम चलाइएका हिँड्ने ३ सय ९९ सवारी प्रहरी नियन्त्रणमा परेका छन्। निषेधाज्ञाबीच बिनाकाम सवारी चलाएर रमिता हेर्न निस्केका मानिसको सवारी नियन्त्रणमा लिइएको पर्सा प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले बताए।  प्रहरीको निसानामा बढी मोटरसाइकल सवारीमध्ये सबैभन्दा बढी मोटरसाइकल प्रहरीको नियन्त्रणमा परेका छन्। कुल पक्राउ परेका सवारी मध्ये ३४७ वटा मोटरबाइक छन्।

http://www.gorkhapatraonline.com/national/2020-03-28-11118

अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन जारी गरेको सरकारी आदेशविरुद्ध तपाईँ विना काम वा रमिता हेर्न भन्दै उपत्यकाका सडकमा निस्कने गर्नुभएको छ ? अब त्यसरी जानुभयो भने तपाईले सडकमै कारवाही भोग्नुपर्ने छ । कारवाही पनि विल्कुल फरक खालको । त्यसरी निस्किँदा प्रहरीले जहाँ भेट्छ त्यही ठाउँमा बस्नुपर्नेछ ।

संविधान दिवस : बर्सेनि मधेसमा कालो दिन र दीपावलीको रमिता !

धनुषा – संविधानसभाबाट ‘नेपालको संविधान’ जारी भएको आज ४ वर्ष पूरा भएको छ । तर संविधान निर्माणको चार वर्ष पूरा हुँदै गर्दा पनि संविधान जारी हुने बेला तराई मधेसमा देखिएको असन्तुष्टिहरु अझैसम्म संबोधन हुन सकिरहेको छैन ।   ‘संविधानले संघीयता, धर्म निरपेक्षता, समावेशीतालगायतका धेरै कुरा दि...