पर्सा : कोरोनाबाट आम मानिसलाई बचाउन पर्सामा पाँच दिनदेखि निषेधाज्ञा जारी छ। निषेधाज्ञाका समयमा बिनाकाम चलाइएका हिँड्ने ३ सय ९९ सवारी प्रहरी नियन्त्रणमा परेका छन्। निषेधाज्ञाबीच बिनाकाम सवारी चलाएर रमिता हेर्न निस्केका मानिसको सवारी नियन्त्रणमा लिइएको पर्सा प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले बताए। प्रहरीको निसानामा बढी मोटरसाइकल सवारीमध्ये सबैभन्दा बढी मोटरसाइकल प्रहरीको नियन्त्रणमा परेका छन्। कुल पक्राउ परेका सवारी मध्ये ३४७ वटा मोटरबाइक छन्।