भक्तपुर : एक वर्षअघिदेखि अरुकै जग्गा भाडा लिएर तरकारी खेती थालेका रामेछापका हिरालाल लामालाई फूल खेतीले तानेको छ। सोमबार भक्तपुरको गुण्डु पुग्दा उनी बारीमा ब्यस्त थिए, गोलभेंडाका झारहरु उखेल्दै। लटरम्म फलेका हरियो गोलभेंडा लोभलाग्दो देखिन्थ्यो। सँगै बारीको कान्लामा सयपत्री ढकमक्क फुलेका थिए। तर, उनले फूल लगाउन भर्खरै थालेका हुन्। वरिपरिका