कावासोतीका पाँच जना कृषक मिलेर बनाएको वडा प्रवर्द्धन प्रतिष्ठानले चार कट्ठा जग्गामा लगाएको सयपत्री फूलबाट गत वर्षको तिहारमा १० क्वीन्टल उत्पादन दियो । तर अवैध रुपमा भित्रिएका भारतीय फूलले नेपाली कृषक मारमा परे ।
बेदकोट । फूल बिक्री नहुँदा व्यावसायिक रूपमा फूल खेती गरिहरेका किसान निराश बनेका छन् । पछिल्लो समय प्लास्टिक फूलमालाको प्रयोग बढेकाले स्थानीयस्तरमा उत्पादित फूलले बजार पाउन नसकेको कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाँसीका पुष्प व्यवसायी जनकबहादुर सिंहले बताए। ‘फूल राम्रै फुलेका छन्, तर बजार नै पाइएको छैन’, उनले भने, ‘अहिलेसम्म फूल बिक्री नै भएको छैन, बिक्रीका लागि […]
बेदकोट (कञ्चनपुर)- फूल बिक्री नहुँदा व्यावसायिकरूपमा फूलखेती गरिहेका किसान निराश बनेका छन् । पछिल्लो समय प्लाष्टिक फूलमालाको प्रयोग बढेकाले स्थानीयस्तरमा उत्पादित फूलले बजार पाउन नसकेको कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाँसीका पुष्प व्यवसायी जनकबहादुर सिंहले बताए ।
“फूल राम्रै फुलेका छन्, तर बजार नै पाइएको छैन...
बेदकोट (कञ्चनपुर)- फूल बिक्री नहुँदा व्यावसायिकरूपमा फूलखेती गरिहेका किसान निराश बनेका छन् । पछिल्लो समय प्लाष्टिक फूलमालाको प्रयोग बढेकाले स्थानीयस्तरमा उत्पादित फूलले बजार पाउन नसकेको कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाँसीका पुष्प व्यवसायी जनकबहादुर सिंहले बताए ।
“फूल राम्रै फुलेका छन्, तर बजार नै पाइएको छैन...
पुस २७, जाजरकोट । भारी मात्रामा मह उत्पादन गिरावट आएपछि जाजरकोटका मौरीपालक कृषक घाटामा गएका छन् । अघिल्लो वर्षभन्दा यस वर्ष ९० प्रतिशत मह उत्पादनमा गिरावट आएपछि कृषक निराश भएका हुन् ।
नलगाड नगरपालिका–१ कल्पतका हरिबहादुर बुढाले गत वर्ष ८७५ किलोग्राम मह विक्रीबाट रू. पाँच लाख बढी आम्दानी गरेका थिए । तर यसपालि मह उत्पादन नभएपछि उनी निराश भएका छन् ।
त्यस्तै, गत वर्ष ३०० केजीभन्दा बढी मह उत्पादन गर्ने सोही ठाउँका हरिबहादुर पुनको ६० घार मौरीले २० केजी मह पनि लगाएन । पुनले व्यावसायिकरूपमा मौरीपालन व्यवसाय गर्दै आएका छन् ।
आम्दानी घटेपछि उनी निराश भएका छन् । बुढा र पुन केही प्रतिनिधि उदाहरण मात्र हुन् । जिल्लाभर एक हजार १०० भन्दा बढी किसानको समस्या उस्तै छ । व्यावसायिकरूपमा मौरीपालन गर्दै आएका किसान मह उत्पादन घटेपछि चिन्तित भएका छन् ।
गत असोज–कात्तिक महीनामा धेरै पानी परेपछि चिउरी फूलको रस र अन्य फूलको रस बगाउँदा मह उत्पादन घटेको जिल्ला कृषि विकास कार्यालय जाजरकोटले जानकारी दिएको छ ।
मौरीलाई चरन क्षेत्रको अभाव, वनविनास, अतिक्रमण, जलवायु परिवर्तनलगायत कारण मह उत्पादन घट्दै गएको हो । बेमौसमी वर्षात्ले मौरी क्षेत्रका चिउरी र अन्य सिजनल फूलहरूमा पानी जम्मा भएर रस बगाएर लैजानु, विभिन्न रोगले मौरी मर्नु, किसानलाई प्राविधिक ज्ञानको कमी हुनु, आहारा नपाएर मौरी भाग्नुलगायत समस्याले मह उत्पादन घटेको कृषि विकास कार्यालय जाजरकोटका सूचना अधिकारी टोपेन्द्र नेपालीले बताए ।
उनले भने, ‘मौरीपालन क्षेत्रमा विषादी प्रयोग बढ्दै जानु, मौरी गोलालाई अरिङ्गाललगायत शिकारी जीवबाट आक्रमण हुनु, जलवायु परिवर्तनका कारण समयमा फूल नफुल्नाले मह उत्पादन घटेको हो ।’
गत वर्ष प्रतिकेजी रू. ६०० पर्ने मह यस वर्ष रू. एक हजार प्रतिकेजी हाल्दा पनि नपाउने अवस्था छ । उत्पादन घट्दा मूल्यवृद्धि भएको छ । नलगाड नगरपालिकाद्वारा मह उत्पादनका लागि पकेट क्षेत्र मानिएको क्षेत्रका किसान पनि यस वर्ष निराश छन् ।
सरकारले विगत केही वर्षदेखि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मौरी जोनमार्फत किसानलाई अनुदान तथा प्राविधिक सहयोग गदै आएको तर मह उत्पादन भने बढ्नुको साटो घट्दै गएको छ ।
जाजरकोटमा गत वर्ष करीब १० टन अर्थात् १० हजार केजी मह उत्पादन हुने गरेकामा यस वर्ष ९० प्रतिशत घटेर एक टन अर्थात् एक हजार केजीको हाराहारीमा मात्र मह उत्पादन भएको कृषि प्राविधिक तथा कृषि विकास कार्यालयका सूचना अधिकारी नेपालीले बताए ।
उनका अनुसार जिल्लामा परम्परागत घार चार हजार २०२, आधुनिक घार एक हजार ९४६, खोपे अर्थात् घरको भित्तामा एक हजार ८४ गरी सात हजार हजार २२६ ओटा घार रहेका छन् ।
यी घारमा करीब ९१ हजार ४२३ कजी अर्थात् ९१ टन मह उत्पादन क्षमता रहेको भए पनि जलवायु परिवर्तनका कारण हरेक वर्ष मह उत्पादन घट्दो क्रममा रहेको नेपालीले बताए । त्यस्तै भेरी नगरपालिका–१ मैदे, पिपे पनि मह उत्पादनका हिसाबले राम्रो मानिँदै आएको छ । रासस
फूल फुल्ने सिजनमै अलैंचीको बोट सुक्न थालेपछि तेह्रथुमका किसान निराश बन्न थालेका छन् । गत वर्षसम्म राम्रो आम्दानी भएको बगान नै सुक्न थालेपछि किसान चिन्तित बनेका हुन् । जिल्लाको ग्रामीण क्षेत्रमा पछिल्लो समय अलैंची खेती फस्टाउँदै गएको छ ।खेती फस्टाउँदै गएपनि यसवर्ष भने उत्पादनमा गिरावट आउने जिल्ला कृषि कार्यालयले जनाएको छ । यहाँका किसानले ५ […]