रजिष्ट्रार प्रसाईले आफ्नै श्रीमतीलाई कार्यालय सहायकका रुपमा नियुक्त गरे

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार राजेश प्रसाईले आफ्नै श्रीमतीलाई प्रतिष्ठानको कार्यालय सहायक पदमा नियुक्त गरेका छन् । रजिष्ट्रार प्रसाईले बुधबार पत्नी कमला प्रसाई निरौलालाई कार्यालय सहायक पदमा नियुक्त गरेका हुन् ।सो पदमा एक जना कर्मचारी माग भएकोमा रजिष्ट्रार प्रसाईंको श्रीमतीसहित अन्य पाँच जनाले आवेदन दिएका थिए । रजिष्ट्रार प्रसाई आफै उम्मेदवारहरूको परीक्षा र अन्तर्वार्तामा सहभागी भएका थिए । प्रसाईको संयोजकत्वमा रहेको पदपूर्ति समितिले कार्यालय सहायकसहित विभिन्न पदमा कर्मचारी

सम्बन्धित सामग्री

जाँदाजाँदै स्वास्थ्यमन्त्रीले नियुक्त गरे राप्ती प्रतिष्ठानमा रजिष्ट्रार

दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिस्ट्रारमा श्याम लम्साल नियुक्त भएका छन्। प्रतिष्ठानका उपकुलपति डा विकास लामीछानेको सिफारिसमा स्वास्थ्य मन्त्रालयले लम्साललाई रजिष्ट्रारमा नियुक्त गरेको हो।

अभियान लघुवित्तले आईपिओ निष्काशन गर्ने, बिक्रि प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

अभियान लघुवित्तले आईपिओ निष्काशन गर्ने भएको छ। आईपिओ निष्काशनको लागि कम्पनीले मुक्तिनाथ क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ  ।  सम्झौता—पत्रमा अभियान लघुवित्त वित्तीय संस्थाका तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत रोशन कुमार अधिकारी र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् । कम्पनीले १०० अंकित दरको ९ लाख ७५ हजार कित्ता साधारण शेयरहरु सर्वसाधारणहरुमा निष्काशन गर्न लागेको हो।  हाल कम्पनीको अधिकृत पूँजी रु.३० करोड, जारी पूँजी रु.२५ करोड, र चुक्ता पूँजी रु.१५ करोड २५ लाख रहेकोछ भने सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात वित्तीय संस्थाको चुक्ता पूँजी रु.२५ करोड हुनेछ । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेड कम्पनी ऐन, २०६३ अन्तर्गत पब्लिक लिमिटेड कम्पनीको रुपमा कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भई मिति २०७६÷६÷१ गते नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्न इजाजतपत्र प्राप्त गरी राष्ट्रिय स्तरको “घ” बर्गको वित्तीय संस्थाको रुपमा स्थापित तथा संचालित लघुवित्त वित्तीय संस्था हो । यस वित्तीय संस्थाले २०७६ साल मंसीर महिना १ गतेदेखि आफ्नो वित्तीय कारोवारको शुुभारम्भ गरेको हो । पनौती, काभ्रेमा केन्द्रीय कार्यालय रहेको यस वित्तीय संस्थाले नेपाल राज्यभर ६० वटा शाखा कार्यालय मार्फत २४,८८३ जना विपन्न वर्गका महिलाहरुलाई समूहमा आबद्घ गरी रु.२४ करोड ६२ लाख ९५ हजार बचत संकलन तथा रु.१९९ करोड ९० लाख २९ हजार कर्जा प्रवाह रहेको छ । यसैगरी आ.ब.०७७÷०७८ को आषाढ मसान्त सम्ममा रु.१ करोड ७७ लाख खूद मुनाफामा रहेको यस वित्तीय संस्था चालुु आ.ब.को दोश्रो त्रैमासिक अवधि सम्ममा रु.१ करोड ३७ लाख खुद मुुनाफा आर्जन गर्न सफल भएको छ ।

एनसीसी बैंकसहित ३ कमपनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

आज पुस ११ गते ३ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । साधारणसभा प्रयोजनको लागि पुस १२ गते बुक क्लोज गर्ने निर्णय गरेका विजय लघुवित्त, एनसीसी बैंक , र महुली लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । आज पुस ११ गतेसम्म कायम शेयरधनीले यी कम्पनीको सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् । विजय लघुवित्तले पुस २४ गते शनिवार गैडाकोट स्थित गैडाकोट रिसोर्टमा सभा आह्वान गरेको छ । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् ।  कम्पनीले आर्थिक बर्ष २०७७-७८ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई २०.०३१ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित १.०५४ प्रतिशत नगद लाभांश गरि कुल २१.०८५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीको साधारणसभाले पारित गरे पश्चात उक्त लाभांश सेयरधनिहरुमा वितरण हुनेछ। हाल लघुवित्तको चुक्तापुंजी २६ करोड ६५ लाख ९७ हजार ४८५ रुपैयाँ रहेको छ। लाभांश वितरण पश्चात चुक्तापुंजी ३२ करोड पुग्नेछ। कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १२ गतेदेखि २४ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस ११ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तवित लाभांश पाउन सक्ने छन् । यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव  :(क) सामान्य प्रस्ताव तर्फः१) सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूले आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन पेश गर्ने र सो उपर छलफल गरी पारित गर्ने।२) लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ आषाढ मसान्तसम्मको वासलात तथा सोही मितिमा सामाप्त आ.व. ०७७/०७८ को नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण लगायत वित्तीय विवरणहरु छलफल गरी पारित गर्ने ।३) सञ्चालक समितिबाट प्रस्ताव गरे बमोजिम २१.०९ (दशमलव पछि दुई अंकमा शुन्यान्तर गरिएको) प्रतिशत लाभांशमध्ये १.०६ (दशमलव पछि दुई अंकमा शुन्यान्तर गरिएको) प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) स्वीकृत गर्ने ।४) बैंक तथा वित्तीय संस्था ऐन, २०७३ को दफा ६३ तथा कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०७८/०७९ को लेखापरीक्षण गर्न लेखापरीक्षण समितिको सिफारिस मुताविक लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने । (साविकका आर एण्ड एसोसियट्सका सिए रविन्द्र श्रेष्ठले लगातार तिन आ.व. को लेखापरीक्षण कार्य सम्पन्न गर्नु भएकाले पुनः नियुक्त गर्न नसकिने)५) संस्थापक शेयरधनीहरुको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालक पद ४ (चार) को निर्वाचन गर्ने । (ख) विशेष प्रस्ताव तर्फ:१) सञ्चालक समितिबाट प्रस्ताव गरे बमोजिम २०७८ असार मसान्तमा कायम चुक्ता पूँजी रू. २६,६५,९७,४८५ को २०.०३ (दशमलव पछि दुई अंकमा शुन्यान्तर गरिएको) प्रतिशतका दरले हुन आउने रू. ५,३४,०२,५१५/- (अक्षरेपि पाँच करोड चौतिस लाख दुई हजार पाँच सय पन्ध्र मात्र) बोनस शेयर वितरण गर्ने।२) वित्तीय संस्थाको जारी तथा चुक्ता पुँजी रू. ३२,००,००,०००।- (अक्षरेपि बत्तिस करोड मात्र) पुयाउने गरी बृद्धि गर्ने र तदनुरुप हुने गरी प्रबन्धपत्रको सम्बद्ध दफामा संसोधन गर्ने ।३) नियमावलीको नियम ३२ (१) को (क), (ख), र (ग) को अ, आ, इ, ई संसोधन गर्ने साथै (घ) थप गर्ने ।४. यस वित्तीय संस्थाले अन्य कुनै वित्तीय संस्था प्राप्ति (Acquisition) गर्ने वा एक आपसमा गाभिने (Merger) प्रयोजनको लागि आवश्यक भए उपसमिति गठन गरी उपयुक्त वित्तीय संस्थाको पहिचान र छनौट गर्ने समझादारी पत्र (Memorandum of Understanding) मा हस्ताक्षर गर्ने, सो को आधारमा सैद्धान्तिक स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक समक्ष निवेदन दिने, आवश्यकता अनुसार सम्पत्ति तथा दायित्वहरुको मूल्यांकन (Due Diligence Audit) गर्न परामर्शदाता, मूल्याङ्कनकर्ता तथा लेखापरीक्षकहरु नियुक्त गर्ने, नीजहरुको पारिश्रमिक तोक्ने तथा प्राप्ति (Acquisition) गर्ने वा एक आपसमा गाभिने (Merger) सँग सम्बन्धित प्रचलित कानून तथा निर्देशनहरु बमोजिम अपनाउनु पर्ने तथा गर्नुपर्ने सम्पूर्ण आवश्यक कार्य, प्रक्रियाहरु पूरा गरी अख्तियार प्राप्त निकायहरुबाट अन्तिम स्वीकृत लिने तथा सो सन्दर्भमा नियमक निकायहरुबाट निर्देश गरे बमोजिमका विवरण उपलब्ध गराउने लगायतका कार्यहरु गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने ।५) प्रबन्धपत्र तथा नियमावलीमा भएका संशोधन/थप उपर नियमनकारी निकायबाट कुनै विषयमा थप संशोधन गर्न वा भाषिक संशोधन गर्न वा फेरबदल गर्न कुनै निर्देशन वा सुझाव दिएमा, सो मुताविक संशोधन गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने। नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी बैंक)ले  पुस २९ गते बिहिबार भर्चुअल माध्यमबाट सभा गर्न लागेको छ ।  सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । बैंकले आर्थिक बर्ष २०७७-०७८ को मुनाफाबाट आफ्ना सेयरधनिहरुलाई ८.४२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश मध्ये ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद लाभांश रहेको छ। बैकले हाल कायम चुक्तापुंजी १० अर्ब ३१ करोड ४५ लाख रुपैयाँको ८ प्रतिशतले हुन आउने ८२ करोड ५१ लाख रुपैयाँ बराबरको बोनस सेयर दिने प्रस्ताव गरेको हो।   बार्षिक साधारणसभाले पारित गरेपश्चात उक्त लाभांश सेयरधनिहरुमा वितरण हुनेछ।कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस ११ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । सभामा  सञ्चालक समितिको तर्फबाट अध्यक्षले आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन पेश गर्ने र सो उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ आषाढ मसान्तसम्मको वासलात तथा सोही मितिमा सामाप्त आ.व. ०७७/०७८ को नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण लगायत वित्तीय विवरणहरु छलफल गरी पारित गर्ने, कम्पनीको प्रबन्धकपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, थप समशोधनाको लागि नियामक निकायबाट निर्देशन भएमा सो को अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव पेश हुने छन् । त्यस्तै मर्जर, प्राप्ति, तथा विदेशी साझेदारीमा जाने निर्णय गर्ने अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव पेश हुने छ ।महुली लघुवित्तले पुस २४ गते सप्तरी स्थित आफ्नै केन्द्रिय कार्यालयमा सभा आह्वान गरेको छ। सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् ।  कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको २६ प्रतिशतले हुन आउने ५ करोड ८२ लाख २५ हजार ४ सय ४० रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।  हाल कम्पनीको चुक्ता पुंजी २२ करोड ३९ लाख ४४ हजार रहेको छ । कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस ११ गतेसम्म कायम शेयरधनीले मात्र  सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव हरु : क) साधारण प्रस्ताव१. सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूले प्रस्तुत गर्नु हुने आ.व. २०७७/०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।२. लेखापरीक्षकको प्रतिवेदन सहित आ.व. २०७७/०७८ अषाढ मसान्तसम्मको वासलात, २०७७ श्रावण १ गते देखी २०७८ अषाढ मसान्त सम्मको नाफा-नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसुचीहरु उपर छलफल गरी पारित गर्ने ।३. कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०७८/०७९ को लागी लेखापरीक्षण समितिको सिफारिसमा लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने ।४. वित्तीय संस्थाको रिक्त रहेको सञ्चालक समितिमा भएको मनोनयन अनुमोदन गर्ने ।ख)विशेष प्रस्ताव १. २०७८ अषाढ मसान्तमा कायम रहेको कुल चुक्ता पूँजी रु. २२,३९,४४,०००/- को २६ प्रतिशतले हुन आउँने रकम बराबरको रु. ५,८२,२५,४४०।- (अक्षरेपी पाँच करोड बेरासी लाख पच्चीस हजार चार सय चालिस रुपैया मात्र) बोनस शेयर हाल कायम रहेको शेयरधनीलाई वितरण गर्न स्वीकृती प्रदान गर्ने तथा बोनश शेयरलाई जारी पूँजी तथा चुक्ता पूँजी वृद्धि गरि प्रवन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव स्वीकृत गर्ने ।२. प्रिमियममा एफ.पि.ओ. शेयर निष्काशन गर्ने सम्बन्धमा।३. उपरोक्त बमोजिमका विशेष प्रस्तावहरुमा नियमनकारी निकायहरु नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रार को कार्यालय, नेपाल धितोपत्र बोर्ड लगायतबाट स्वीकृती लिने, अभिलेख गर्ने क्रममा कुनै विषयमा संशोधन परिवर्तन गर्न निर्देशन भएमा वा भाषिक फेरवदल गर्नु पर्ने भएमा सो समेत मिलाई संशोधन एवं परिवर्तन लगायत अन्य सम्पूर्ण कार्य गर्न गराउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने।४.संस्थाले एक वा एक भन्दा बढी उपयुक्त वित्तीय संस्थाहरु गाभ्ने /गाभिने तथा प्राप्ति गर्ने वा प्राप्ति हुन जाने प्रयोजनका लागि उपयुक्त वित्तीय संस्थाहरु पहिचान गर्ने, सम्झदारीपत्रमा हस्ताक्षर गर्ने सोको आधारमा सैद्धान्तिक स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष निवेदन दिने, सम्पत्ति तथा दायित्वहरुको मूल्यांकन गर्न परामर्शदाता, मूल्यांकनकर्ता तथा लेखापरीक्षक वा लेखापरीक्षकहरु नियुक्त गर्ने तथा गाभ्ने/गाभिने तथा प्राप्तिसँग सम्बन्धित प्रचलित कानुन तथा निर्देशनहरु बमोजिम अपनाउनुपर्ने तथा गर्नुपर्ने सम्पूर्ण आवश्यक कार्य, प्रक्रियाहरु पुरा गरी अन्तिम स्वीकृती लिने तथा सो सन्दर्भमा नियमक निकायहरुबाट निर्देशन गरे बमोजिमका विबरण उपलब्ध गराउने लगायतका सम्पूर्ण कार्य गर्न गराउन सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी दिने।

पोखरा फाइनान्सको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त

प्रभु क्यापिटल लिमिटेडलाई पोखरा फाइनान्स लिमिटेडले सेयर रजिष्ट्रार नियुक्त गरेको छ । सेयर रजिष्ट्रारसम्बन्धी कार्य गर्न पोखरा फाइनान्स लिमिटेड र प्रभु क्यापिटल लिमिटेडबीच सम्झौता भएको हो ।सम्झौतामा पोखरा फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) रवीचन्द्र गुरुङ्ग र प्रभु क्यापिटलको तर्फबाट प्रमुख व्यापार अधिकृत बासु थपलियाले हस्ताक्षर गरे । २०७८ पुस ५ गतेदेखि लागू हुनेगरी पोखरा फाइनान्सले प्रभु क्यापिटल लिमिटेडलाई सेयर रजिष्ट्रारमा नियुक्त गरेको हो ।सेयर राजिष्ट्रारको रूपमा प्रभु क्यापिट

मदन भण्डारीका रजिष्ट्रार प्रसाईंले गरे आफ्नै श्रीमतीलाई कार्यालय सहायकमा नियुक्त

हेटौंडा : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार राजेश प्रसाईंले आफ्नी श्रीमतीलाई प्रतिष्ठानको कार्यालय सहायकमा नियुक्त गरेका छन्।प्रदेश लोकसेवा आयोगमार्फत कर्मचारी नियुक्ति गर्नुपर्ने प्रावधान मिचेर प्रसाईंले श्रीमती कमला प्रसाईं निरौलालाई कार्यालय सहायकमा नियुक्त गरेका हुन्। उक्त पदमा एक जना कर्मचारी माग भएकोमा रजिष्ट्रार प्रसाईंकी श्रीमतीसहित पाँचजनाले आवेदन दिएका थिए। रजिष्ट्रार प्रसाईं उम्मेदवारहरूको परीक्षा र अन्तर्वार्तामा सहभागी भएका थिए।प्रसाईंको संयोजकत्वमा रहेको पदपूर्त

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयर रजिस्ट्रारमा ग्लोबल आइएमई क्यापिटल

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले बैंकको सेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि ग्लोबल आइएमई क्यापिटललाई सेयर रजिष्ट्रारमा नियुक्त गरेको छ । सो सम्बन्धमा बैंक र क्यापिटलबीच सेयर रजिष्ट्रार सम्बन्धी सम्भmौता भएको छ । सम्झौतापत्रमा बैंकको तर्फबाट नायबमहाप्रबन्धक विनयनाथ न्यौपाने र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारसमणी ढकालले हस्ताक्षर गरे ।अधिकृत पुँजी ४० अर्ब र जारी पुँजी २० […]