देवानगञ्ज गाउँपालिका कार्यपालिका सदस्य नरेश शर्माको निधन
सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका कार्यपालिका सदस्य नरेश शर्माको आज निधन भएको छ । देवानगञ्ज तीन घर निवासी सदस्य शर्माको ६० वर्षको उमेरमा हृदयघातका कारण निधन भएको नेपाली कांग्रेस सुनसरीका सचिव केदार भण्डारीले जानकारी दिए ।
सुनसरीको देवानगञ्ज गाउँपालिका कार्यपालिका सदस्य नरेश शर्माको मंगलवार निधन भएको छ ।
देवानगञ्ज तीन घर निवासी सदस्य शर्माको ६० वर्षको उमेरमा हृदयघातका कारण निधन भएको नेपाली कांग्रेस सुनसरीका सचिव केदार भण्डारीले जानकारी दिए ।
स्व. शर्माप्रति कांगे्रसका जिल्ला सभापति तथा १ नम्बर प्रदेशका प्रमुख प्रतिपक्षी दलका नेता राजीव कोइराला, गाउँपालिका अध्यक्ष लालिप्रसाद मेहता, जिल्ला सचिव भण्डारी, देवानगञ्ज गाउँ सभापति जगधर यादवलगायतले पार्टीको झण्डा ओडाएर अन्तिम श्रद्धाञ्जलि दिए ।