काठमाडाैं : राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको ए ३३० वाइडबडी विमान भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सफल अवतरण गरेको छ।दिउँसो ३ बजे उड्ने भनेको वाइडबडी दुई घण्टा डिले भएर ५:०० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको जहाज ५:५५ बजे ल्याण्ड भएको हो।यद्यपि जहाज रन वेबाट फर्किन सकेको छैन।प्रशासनिक भवनको छतमा जहाज ल्याण्ड गरेको हेर्न बालबालिका समेत उत्सुकतापूर्वक पर्खिएर बसेका छन्।जहाज संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, सचिव, कर्मचारी तथा पत्रकारलग