नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले चौधौं महाधिवेशनमा प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध सभापतिमा उम्मेदवारी दिएका थिए । महाधिवेशन सकिइसकेको छ र परिणाम पनि आइसकेको छ । तर, मधेसको काँग्रेस राजनीतिमा देउवा–निधि प्रतिस्पर्धाको असर दीर्घकालसम्म पर्ने संकेत देखिएको छ । महाधिवेशनको बाछिटा प्रदेश अधिवेशनसम्म परेको थियो, अब जिल्ला अधिवेशनहरूमा पनि निधि–देउवा अन्तरविरोध प्रकट हुँदैछ । केन्द्रमा निधि लामो समयसम्म सभापति देउवा गुटमै थिए । तर, चौधौं महाधिवेशनमा देउवाविरुद्ध सभ