काठमाण्डाै – नेकपा एमालेको दशौँ केन्द्रीय कमिटीको बैठक आज बिहीवार सकिएकाे छ । बैठकले जुनसुकै हालतमा पनि पार्टीलाई एकताबद्ध बनाउनुपर्ने निष्कर्ष निकालेको छ । यसअघि माधवकुमार नेपाल पक्षका नेतालाई कारबाही गर्नुपर्ने आवाज उठे पनि आज भने नेताहरूका गल्तीलाई माफी दिएर पार्टीलाई एकताबद्ध गराउनुपर्ने निष्कर्ष बैठकले निकालेको छ । कारबाही फिर्ता लिनुपर्ने आवाज पनि बैठकमा उठेको छ । यसको सबै जिम्मेवारी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको पार्टीका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । पार्टीको अनुशासन नमान्ने नेताहरूल...