काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आइतबार पनि बस्दैछ। एमालेको दशौं महाधिवेशनपछिको दोस्रो केन्द्रीय कमिटी बैठक बिहान ११ बजे जर्मन हाउस हस्पिटालिटी गठ्ठाघर भक्तपुरमा बस्न लागेको हो। आइतबारको बैठकमा बाँकी रहेका १० प्रतिशत केन्द्रीय सदस्य मनोनयन, स्थायी कमिटी र पोलिटब्यूरो कमिटी गठन, पार्टीका केन्द्रीय सदस्यको कार्यविभाजनलगायत एजेण्डामाथि छलफल हुने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए। […]