वीरगञ्ज– पोखरीमा डुबेर पर्साको बहुदरमाई नगरपालिकामा एक जनाको मृत्यु भएको छ। पोखरीमा डुबेर बहुदरमाई नगरपालिका वडा नम्बर ६ गम्हरिया टोल बस्ने ६५ वर्षीय नगिना साह कानुको मृत्यु भएको प्रहरीले जनाएको छ। कानुको आइतबार राति शौच गर्न गएको बेला सोही टोलमा रहेको माछा पोखरीमा डुबेर ज्यान गएको प्रहरी चौकी महुवनले जनाएको छ। शौच गर्न गएका उनी अबेर […]