साढे तीन दशक लामो आफ्नो राजनीतिक यात्रामा तत्कालीन राप्रपा अध्यक्ष पशुपतिशमशेर राणाले २०६४ को संविधानसभा निर्वाचनमा पहिलो हार चाखे । २०३१ सालमा पञ्चायतकालीन राजनीति सुरु गरेर २०४६ को परिवर्तनपछिका तीनवटै संसदीय निर्वाचन जितेका राणालाई हारको स्वाद चखाएर राष्ट्रिय स्तरमै चर्चित बनेका थिए, तत्कालीन माओवादीका जिल्ला नेता दावा तामाङ।