काठमाण्डौ – जापान सरकारले स्पेसिफाइड स्कील वर्कर(एसएसडब्लू) प्रणालीमार्फत नेपालबाट श्रमिकहरू लैजान सक्ने विषयमा त्यहाँका रोजगारदातालाई जानकारी गराउने भएको छ ।
नेपाल जापान संयुक्त कार्यसमितिको बिहीबार काठमाण्डौमा बसेको दोस्रो बैठकमा जापान सरकारले एसएसडब्लू प्रणाली अन्तरगत नेपालबाट कामदारहरू उपलब्ध हुन सक्ने कुराको जानकारी औपचारिक माध्यमबाट जापानका रोजगारदातालाई गराउने बताएको हो ।
सन् २०१९ मा सम्पन्न भएको श्रम समझदारी पत्र अनुसार जापानको स्पेसिफाइड स्कील वर्कर(एसएसडब्लू) प्रणालीमार्फत नेपाली नागरिकलाई जापानमा रोज...