‘आइएमई पे’ मार्फत प्लेनको टिकट काट्दा ५० प्रतिशत ‘क्यास ब्याक’

‘आइएमई पे’ को दशैँको झट्का स्कीम सार्वजनिक भएको छ । यो अफर असोज ११ देखि १४ गते सम्म, हरेक दिन दिउँसो १ बजे, १ घण्टाका लागि लागु गरिएको छ ।यस स्किम अन्तर्गत आइएमई पे वालेटबाट हवाई टिकट खरिद गर्दा ५० प्रतिशतसम्म क्यास ब्याकको ब्यवस्था मिलाइएको छ । क्यास ब्याकको सीमा २००० सम्मको रहेको छ भने यो अफर मात्र पहिलो १०० खरिदकर्ताहरूका लागि प्रत्येक दिन फ्लैश बिक्रीको समयमा उपलब्ध गराइनेछ ।आइएमई डिजिटल सोलुसन लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बिकास नाहाटाले हवाई टिकट ‘आइएमई पे’ को भुक्तानी सेवासंगै तीन दिनको लागि ५० प्रतिशत क्यास ब्याकको योजना पनि शुरु भएको हुँदा आइएमई पेबाट भुक्तानी गरी सेवाग्राहीहरुले अधिकतम फाइदा लिनेमा आफू विस्वस्त रहेको बताएका छन् । आइएमई पे प्रयोगकर्ताले हवाई टिकट खरीद गरेको २४ घण्टा भित्र क्यासब्याक प्राप्त गर्नेछन् । 

सम्बन्धित सामग्री

‘आईएमई पे’बाट हवाई टिकट काट्दा २०० रूपैयाँ क्यास ब्याक पाउने

काठमाडौं । ‘आईएमई पे’ले मनसुन लक्षित ‘क्यास ब्याकको वर्षा’ नामक अफर सार्वजनिक गरेको छ । कुनै पनि एयरलाइन्सको टिकट काट्ने ग्राहकले यो अफर मार्फत क्यासब्याक पाउने छन् । ३-९ असारसम्म लागु हुने यो अफरमा ग्राहकले प्रत्येक दिन साँझको ४ बजेदेखि साँझको ६ बजेसम्म कुनैपनि एयरलाइन्सको टिकट काट्दा २०० रूपैयाँ क्यासब्याक पाउने छन् । यस अवधिमा […]

नमस्ते पेबाट प्लेन टिकट किन्न मिल्ने, हरेकलाई १५० रुपैयाँ क्यास ब्याक

नमस्ते पे ले आफ्ना ग्राहकहरुका लागि आन्तरिक उडान टिकट सेवा सुरु गरेको छ । यो सेवा हाल एण्ड्रोईडमा मोबाइल एपमा उपलब्ध रहेको र चाँडै  आईओएसमा पनि आउने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार नमस्ते पे प्रयोगकर्ताहरूले अब नमस्ते पे वालेट मार्फत किफायती दरमा आन्तरिक गन्तव्यहरूको लागि उडान टिकटहरू (एकतर्फी र राउन्ड ट्रिप) किन्न सक्नेछन् । नमस्ते पे प्रयोगकर्ताहरूले भरपर्दो र सुरक्षित बुकिंग पार्टनरबाट एयरलाइन्स टिकट बुक गर्न सक्षम हुने विश्वास कम्पनीको छ।कम्पनीले उडान गर्नेहरूका लागि आकर्षक  अफर ल्याएको छ। कम्पनीका अनुसार उडान टिकट खरिद गर्ने पहिलो पाँच ग्राहकहरूले आफ्नो वालेटमा रु ३०० को फ्ल्याट क्यासब्याक पाउनेछन्। बाँकीले उडान टिकट खरिद गर्दा रु १५० को फ्ल्याट क्यासब्याक पाउनेछन् र भाग्यशाली एक प्रयोगकर्ताले पोखराको दुईतर्फी उडान टिकट पाउनेछन्।नमस्ते पे नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने ध्येयले शुरु गरिएको डिजिटल भुक्तानी सेवा हो । आधुनिक प्रविधिको प्रयोग मार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नु वालेट सेवाको उद्देश्य रहेको छ ।

एनआईसी एशियाको बैंकिङ एपमार्फत हवाई टिकट काट्दा २० प्रतिशत ‘क्यास ब्याक’

काठमाडौँ– डिजिटल बैंकिङमा अग्रणी स्थानमा रहि नवीनतम प्रविधिद्वारा बैंकिङ सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको एनआईसी एशिया बैंकले डिजिटल बैंकको प्रवर्द्धन गर्नका लागि आफ्नो मोबाइल बैंकिङ  एपमार्फत विभिन्न एयरलाइन्सको टिकट बुकिङमा २० प्रतिशतसम्म क्यास ब्याक हुने आकर्षक योजना सार्वजनिक गरेको छ । बैंकले आषाढ १८ गतेसम्म लागू हुने गरी ल्याएको यस योजनामा बैंकका ग्राहकहरूले (एन […]

एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ एपबाट टिकट बुकिङ गर्दा ‘क्यास ब्याक’

एनआईसी एशिया बैंकले मोबाइल बैंकिङ एपमार्फत विभिन्न एयरलाइन्सको टिकट बुकिङमा २० प्रतिशतसम्म क्यास ब्याक हुने आकर्षक योजना सार्वजनिक गरेको छ । बैंकले १२ देखि १८ असारसम्म लागू हुने गरी यो योजना ल्याएको हो ।डिजिटल बैंकिङको अवधारणा अनुरुप एपमार्फत टिकट बुकिङमा पहिलो टिकट बुकिङमा रु. ५०० अधिकतम एंव दोश्रो पटकबाट रु. १०० सम्म क्यास व्याक प्राप्त […]

सेलपेको ‘नयाँ वर्ष आयो क्यास ब्याक पायो’ अफर

काठमाडौँ – नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रालि– सेलपेले नेपाली नयाँ वर्ष २०७९ को अवसरमा ‘नयाँ वर्ष आयो, क्यास ब्याक पायो’ योजनाअन्तर्गत सेलपे प्रयोगकर्ताहरूका लागि आकर्षक अफर ल्याएको छ। जसअन्तर्गत सेलपे प्रयोगकर्ताहरूले टपअप, बस टिकट, हवाई टिकट र फोनपे क्यूआर भुक्तानी जस्ता विभिन्न सेवाहरूमा आकर्षक क्यास ब्याक प्राप्त गर्नेछन्। यो अफर मार्च […]

आइएमई पेबाट चन्द्रागिरीको टिकट खरीद गर्दा ३० प्रतिशत क्यास ब्याक

आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रर्विद्र्घत ‘आइएमई पे’ ले जाडो मौसमलाई लक्षित गरी आइएमई पे मोबाइल वालेट मार्फत चन्द्रागिरि टिकट बुकिङ्गमा फ्ल्याट ३०% क्यास ब्याकको अफर सार्वजनिक गरेको छ । कम्पनीका अनुसार सोही अफर चन्द्रागिरि टिकटहरूमा मात्र मान्य हुनेछ र  क्यासब्याकको अवधि १२÷२९÷२०२१ देखि ०१÷०१÷२०२२ सम्म रहेको छ ।   सोही अफर आइएमई पे एपबाट खरिद गरिएको टिकटमा मात्र मान्य हुने कम्पनीले जनाएको छ ।झन्डै ३५ हजार एजेण्ट आउटलेट संजाल भएको ‘आइएमई पे’ आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली–२०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेको हो ।

मात्र १ रुपैयाँमा हवाई टिकट, कहाँबाट खरिद गर्ने ?

काठमाडौं । हवाई टिकट मात्र १ रुपैयाँमा खरिद गर्न सकिने भएको छ । खल्ती डिजिटल वालेटले जुनसुकै एयरलाइन्सको टिकट बुक गर्दा मात्र १ रुपैयाँमा टिकट खरिद गर्न सकिने आकर्षक अफर ल्याएको छ ।यस अफर मार्फत खल्तीमा उपलब्ध कुनै पनि एयरलाइन्सको टिकट बुक गर्ने हरेक प्रयोगकर्ताले ८ सयसम्मको क्यास ब्याक पनि पक्का पाउने भएका छन् । यसका साथै दैनिक एकजना भाग्यशाली विजेताले १ रुपैयाँमा उडान टिकट प्राप्त गर्नेछन् । खल्तीले हवाई टिकटको कुल रकमबाट जम्मा १ रुपैयाँ कटौती गरी बाँकी रकम विजेताको खल्ती खातामा ट्रान्सफर

अब खल्तीबाट १ रुपैयाँमै हवाई टिकट

काठमाडौँ – खल्ती डिजिटल वालेटले अब मात्र एक रुपैयाँमा खल्तीमा उपलब्ध जुनसुकै एयरलाइन्सको टिकट बुक गरेर खरिद गर्न सकिने आकर्षक अफर सार्वजनिक गरेको छ। यस अफरमार्फत् टिकट बुक गर्दा हरेक प्रयोगकर्ताले रु. ८०० सम्मको क्यास ब्याक पाउने खल्तीका सहायक प्रबन्धक सौरभ ओझाले जानकारी दिए। उनका अनुसार यस अफरअन्तर्गत दैनिक एकजना भाग्यशाली विजेताले एक रुपैयाँमै उडान […]

सनराइज बैङ्कको ग्राहकलाई मनकामना केबल कारको टिकट खरिदमा क्यास ब्याक

काठमाडौँ। स्मार्ट बनौँ, डिजिटल बैङ्किङ गरौँ अभियानलाई आत्मासाथ गर्दै सनराइज बैङ्कले आफ्नो मोबाइल बैंकिङ्ग सनराइज स्मार्टको प्रयोग गरी मनकामना केबल कारको टिकट खरिद गर्दा क्यास ब्याक दिने योजना ल्याएको छ।