आइएमई पेबाट चन्द्रागिरीको टिकट खरीद गर्दा ३० प्रतिशत क्यास ब्याक

आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रर्विद्र्घत ‘आइएमई पे’ ले जाडो मौसमलाई लक्षित गरी आइएमई पे मोबाइल वालेट मार्फत चन्द्रागिरि टिकट बुकिङ्गमा फ्ल्याट ३०% क्यास ब्याकको अफर सार्वजनिक गरेको छ । कम्पनीका अनुसार सोही अफर चन्द्रागिरि टिकटहरूमा मात्र मान्य हुनेछ र  क्यासब्याकको अवधि १२÷२९÷२०२१ देखि ०१÷०१÷२०२२ सम्म रहेको छ ।   सोही अफर आइएमई पे एपबाट खरिद गरिएको टिकटमा मात्र मान्य हुने कम्पनीले जनाएको छ ।झन्डै ३५ हजार एजेण्ट आउटलेट संजाल भएको ‘आइएमई पे’ आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली–२०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेको हो । 

सम्बन्धित सामग्री

‘आइएमई पे’ मार्फत प्लेनको टिकट काट्दा ५० प्रतिशत ‘क्यास ब्याक’

‘आइएमई पे’ को दशैँको झट्का स्कीम सार्वजनिक भएको छ । यो अफर असोज ११ देखि १४ गते सम्म, हरेक दिन दिउँसो १ बजे, १ घण्टाका लागि लागु गरिएको छ ।यस स्किम अन्तर्गत आइएमई पे वालेटबाट हवाई टिकट खरिद गर्दा ५० प्रतिशतसम्म क्यास ब्याकको ब्यवस्था मिलाइएको छ । क्यास ब्याकको सीमा २००० सम्मको रहेको छ भने यो अफर मात्र पहिलो १०० खरिदकर्ताहरूका लागि प्रत्येक दिन फ्लैश बिक्रीको समयमा उपलब्ध गराइनेछ ।आइएमई डिजिटल सोलुसन लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बिकास नाहाटाले हवाई टिकट ‘आइएमई पे’ को भुक्तानी सेवासंगै तीन दिनको लागि ५० प्रतिशत क्यास ब्याकको योजना पनि शुरु भएको हुँदा आइएमई पेबाट भुक्तानी गरी सेवाग्राहीहरुले अधिकतम फाइदा लिनेमा आफू विस्वस्त रहेको बताएका छन् । आइएमई पे प्रयोगकर्ताले हवाई टिकट खरीद गरेको २४ घण्टा भित्र क्यासब्याक प्राप्त गर्नेछन् ।