पोखरा, २७ जेठ: गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज राजीनामा दिएको भन्ने समाचार भ्रामक भएको भनी प्रदेश प्रमुखको कार्यालयले खण्डन गरेको छ । प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले विज्ञप्ति जारी गरी असत्य र भ्रामक सूचना सम्प्रेषण गराउनु खेदजनक भएको जनाएका छन् । यस प्रकारको गलत -भ्रामक सूचना आआफ्नो सामाजिक सञ्जालमा पोष्ट, रिपोष्ट नगर्नसमेत सम्बन्धित […]