नेकपा एमालेको आन्तरिक विवाद अन्ततः औपचारिक रूपमा पार्टी फुटको अवस्थामा पुगेको छ ।
मन्त्रिपरिषद् बैठकले दल विभाजन गर्ने अध्यादेश राष्ट्रपतिलाई सिफारिस गरेसँगै एमाले औपचारिक रूपमा विभाजन हुने भएको छ ।
एमालेमा लामो समयदेखि पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीचको विवाद पार्टी फुटसम्म पुग्न लागेको छ ।
एमाले नेता नेपालले मंगलवारै आफूनिकट जनवर्गीय संगठनका नेता कार्यकर्तालाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै पार्टी पुनर्गठन गर्नुपर्ने अवस्थामा पुगेको बताए ।
‘पार्टी पुनर्गठन गर्नुपर्ने अवस्थ...