जसपा अध्यक्ष ठाकुर र प्रधानमन्त्री देउवाबीच भेटवार्ता

काठमाडौं।जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन्। बुधवार बिहान बालुवाटारमा पुगेर प्रधानमन्त्री देउवासँग ठाकुरले कुराकानी गरेका हुन्। भेटमा प्रधानमन्त्री देउवा र अध्यक्ष ठाकुरबीच जसपाले उठाउँदै आएका मागलगायत विषयमा छलफल भएको ठाकुरनिकट एक नेताले जानकारी दिए। देउवालाई संसदमा ठाकुर पक्षले पनि विश्वासको मत दिएको थियो।त्यसअघि देउवाले ठाकुर पक्षका नेताहरुसँगको छलफलमा उनीहरुका माग सम्बोधन गर्ने आश्वासन दिएका थिए।

सम्बन्धित सामग्री

प्रधानमन्त्री देउवासँग महन्थ ठाकुरको भेटवार्ता, सरकारमा सहभागी हुन आग्रह

प्रधानमन्त्री शेरबहादुर देउवासँग नेता महन्थ ठाकुर लगायतले भेटवार्ता गरेका छन् । जनता समाजवादी पार्टी (जसपा) नेपालबाट विभाजित भएर लोकतान्त्रिक समाजवादी पार्टी दर्ता प्रक्रियामा लागेका अध्यक्ष ठाकुरसहित नेताहरूले सोमवार देउवालाई भेटेका हुन् । भेटमा प्रधानमन्त्री देउवाले सरकारमा सहभागी हुन अध्यक्ष ठाकुरलाई आग्रह गरेका स्रोतले जनाएको छ । भेटमा अध्यक्ष ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेताहरू शरतसिंह भण्डारी र उमाशंकर अर्गरिया सहभागी थिए । जसपामा हुँदा ठाकुर पक्षले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएको थियो ।

प्रधानमन्त्री देउवा र जसपा अध्यक्ष ठाकुरबीच भेटवार्ता

६ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र जसपा अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेट ठाकुर पक्षको माग र सरकारमा सहभागीताका विषयमा केन्द्रित रहेको स्रोतले बतायो । प्रधानमन्त्री देउवालाई भेट्न जसपा अध्यक्ष ठाकुर बिहान साढे नौ बजे बालुवाटार पुगेका थिए । देउवालाई संसदमा ठाकुर पक्षलाई विश्वासको मत दिएको थियो […]

ओली भेट्न ठाकुरको टोली बालकोटमा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ । भक्तपुरको बालकोटस्थित ओली निवासमा दुई पक्षबीच वार्ता भएको छ।  छलफलमा जसपाबाट अध्यक्ष ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेता अनिल झालगायत सहभागी थिए । सर्वोच्चको फैसलासँगै प्रधानमन्त्री पदमुक्त भएका ओलीसँग ठाकुर समूहले शनिबार पहिलोपटक भेटवार्ता गरेको हो । मुलुकको राजनीति ओली र ओली इत्तर पक्षमा विभाजित हुँदा ठाकुर पक्षले ओलीलाई साथ दिएको थियो । सोही क्रममा

प्रधानमन्त्री ओली र जसपा अध्यक्ष ठाकुरबीच भेटवार्ता

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा अ‍ोली र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच बिहीबार भेटवार्ता भएको छ। अध्यक्ष ठाकुर प्रधानमन्त्री अ‍ोलीलाई भेट्न बालुवाटार पुगेका थिए।प्रधानमन्त्रीका परराष्ट्र मामिला जानकार डा. राजन भट्टराईले भेटवार्ताका क्रममा अध्यक्ष ठाकुरले जसपाका मागबारे चासो व्यक्त गरेको बताए। जसपाका माग पूरा गर्न कार्यदलसमेत गठन गरिएको छ।कार्यदलले जसपाले उठाउँदै आएका सांसद रेशम चौधरी लगायतको रिहाई, संविधान संशोधन लगायतका विषयमा छलफल गरिरहेको छ। कार्यदलमा एमालेको तर्फबा