चीनको सबैभन्दा ठूलो सहर सांघाइले कोभिडमा नियन्त्रण ल्याउन सोमबारदेखि लकडाउन सुरु गरेको छ। सञ्चारमाध्यमहरुका अनुसार २ करोड ६० लाख मानिस बसोबास गर्ने यो सहरको लकडाउनका क्रममा सार्वजनिक यातायात बन्द गरिएको छ भने अन्य सेवाहरु पनि बन्द गरिएको छ। अहिलेको प्रारम्भिक लकडाउन शुक्रबारसम्म जारी रहनेछ। अर्को चरणको लकडाउन शुक्रबारदेखि मंगलबारसम्म सहरको पश्चिमी क्षेत्रमा हुने सञ्चारमाध्यमहरुले उल्लेख […]