काँग्रेस केन्द्रीय सदस्यमा देउवा समूहकी चित्रलेखा यादव विजयी

नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा चित्रलेखा यादव निर्वाचित भएकी छन् । सभापति शेरबहादुर देउवा समूहकी यादवले शेखर कोइराला समूहकी गिता यादवलाई ८४६ मतान्तरले पराजित गरेकी हुन् ।प्रदेश दुईको भूगोलको महिला तर्फबाट केन्द्रीय सदस्य बनेकी चित्रलेखाले ४६६२ मत खसेकोमा २७३१ मत पाएकी छन् भने चौधरीले १८८५ मत मात्र ल्याएकी छन् । यसअघि नै प्रदेश २ को भूगोलतर्फ पुरुषमा देउवा पक्षका आनन्द ढुंगाना र रमेश रिजाल निर्विरोध निर्वाचित भएका थिए ।

सम्बन्धित सामग्री

सिरहाका चारवटै क्षेत्रमा मतगणना जारी,कहाँ कसको अग्रता ?

सिरहा । सिरहाको चार प्रतिनिधिसभा क्षेत्रको मतगणना जारी छ । प्राप्त परिणाम अनुसार, सिरहा १ र ३ मा नेकपा एमाले उम्मेदवार अगाडि छन् । सिरहा २ मा कांग्रेस र ४ मा एकीकृत समाजवादी अगाडी छ । सिरहा -१ रामशंकर यादव, एमाले १२६९ पद्मनारायण चौधरी, काँग्रेस १०८२ सिरहा २ चित्रलेखा यादव, कांग्रेस ९९३ राजकिशोर यादव, जसपा […]

सिरहा-२ : चित्रलेखा यादवले लिइन् अग्रता, राजकिशोर पछिपछि

सिरहा क्षेत्र नम्बर २ को ताजा परिणाम सार्वजनिक भएको छ । सिरहा २ को औरही ३ को मतगणना सम्पन्न भएको छ । सत्ता गठबन्धनका साझा उम्मेदवार चित्रलेखा यादव (काँग्रेस)ले ९९३ मत ल्याएका छन् भने जसपा (एमाले गठबन्धनका राजकिशोर यादव (जसपा) ले ८४६ मत ल्याएका छन् । त्यसैगरी जनमत पार्टीका विनोद यादवले ५७९ मत ल्याएका छन् । सिरहा २ (क) मा प्रदेश सभातर्फ माओवादी केन्द्रका जीवछ यादवले १३०३ , जसपाका विजय यादव ७२४ र जनमतका संजय यादव ५०१ मत ल्याएका छन् ।

काँग्रेस संसदीय दलको प्रमुख सचेतकमा चित्रलेखा यादव

नेपाली काँग्रेसका सभापति तथा संसदीय दलको नेतासमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले संसदीय दलका पदाधिकारी नियुक्त गरेका छन् । बुधबार उनले काँग्रेस संसदीय दलको प्रमुख सचेतकमा चित्रलेखा यादवलाई नियुक्त गरेका हुन् ।यसअघि प्रमुख सचेतक रहेका बालकृष्ण खाण गृहमन्त्री भएपछि सो पद रिक्त थियो । त्यस्तै, सचेतकमा मीनबहादुर विश्वकर्मालाई नियुक्त गरिएको छ । यसअघि सचेतक रहेकी पुष्पा भुसाल उपसभामुख निर्वाचित भएपछि सो पद रिक्त थियो ।

काँग्रेस सिरहाको सभापतिमा पुनः यादव विजयी

नेपाली काँग्रेस सिरहा जिल्ला सभापतिमा पुनः रामचन्द्र यादव विजयी भएका छन् । अर्का प्रतिस्पर्धी राम सुन्दर चौधरीलाई ५३९ मतले हराउँदै यादव जिल्ला सभापति निर्वाचित भएका हुन् ।यादवले १४२६ र चौधरीले ८८७ मत पाएका छन् भन्ने १६० मत बदर भएको छ । रामचन्द्र यादवलाई  केन्द्रीय नेतृ चित्रलेखा यादव लगायतको समर्थन रहेको थियो । यस्तै चौधरीलाई केन्द्रीय नेतृ सीता देवी यादव, नेता प्रदिप गिरी,  पदम नरायण चौधरी, गणेश मण्डल, मधेश प्रदेशका सांसद तथा  युवा नेता नरेश कुमार यादव लगायतका समर्थन थियो ।

काँग्रेस महाधिवेशन : फेरि होला सीतादेवी यादव र चित्रलेखा यादवबीच भिडन्त ?

नेपाली काँग्रेसको महाधिवेशनमा सिरहाका दुई नेतृ चित्रलेखा यादव र सीतादेवी यादव आपसमा फेरि एक पटक भिड्ने त होइन भन्नेबारे चासो बढेको छ । चित्रलेखा काँग्रेस सभापति शेरबहादुर देउवा पक्षधर हुन् भने सीतादेवी पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर हुन् ।१३ औं महाधिवेशनमा दुवैजना कोषाध्यक्ष पदका लागि आपसमा भिडेका थिए । तर यसपटक पनि दुवैजना एउटै पदमा भिड्ने सम्भावना बढ्दै गएको छ । यद्यपि दुवै गुटमा अझै पद बाँडफाँटमा कुरा मिलेको छैन । गत महाधिवेशनमा कोषाध्यक्ष पदमा सीतादेवी यादवले एक हजार २१७ मत प्रा

‘काँग्रेस पार्टी हाँक्न सक्छु ’

चित्रलेखा यादव नेपाली काँग्रेसकी नेत्री हुन् । विद्यार्थी जीवनदेखि नेविसङ्घ हुँदै नेपाली काँग्रेसको राजनीतिमा होमिएकी यादवको पार्टीभित्र राम्रो छवि रहेको छ । पञ्चायतविरुद्ध प्रजातान्त्रिक आन्दोलनको समेत अनुभव भएकी उनी अहिले नेपाली काँग्रेसकी केन्द्रीय सदस्य हुन् । २०५७/०५८ यता उनी निरन्तर केन्द्रीय सदस्यमा रहँदै आएकी छन् ।एक समय पार्टीको कोषाध्यक्षको जिम्मेवारी बहन गरेकी उनी २०५६ मा सिरहा २ बाट निर्वाचित सांसद बनेकी थिइन् । सोही समय उपसभामुख समेत बनेकी उनी २०६२÷०६३ को जनआन्दोलनमा सभामुखको