नेपाली काँग्रेस सिरहा जिल्ला सभापतिमा पुनः रामचन्द्र यादव विजयी भएका छन् । अर्का प्रतिस्पर्धी राम सुन्दर चौधरीलाई ५३९ मतले हराउँदै यादव जिल्ला सभापति निर्वाचित भएका हुन् ।यादवले १४२६ र चौधरीले ८८७ मत पाएका छन् भन्ने १६० मत बदर भएको छ । रामचन्द्र यादवलाई केन्द्रीय नेतृ चित्रलेखा यादव लगायतको समर्थन रहेको थियो । यस्तै चौधरीलाई केन्द्रीय नेतृ सीता देवी यादव, नेता प्रदिप गिरी, पदम नरायण चौधरी, गणेश मण्डल, मधेश प्रदेशका सांसद तथा युवा नेता नरेश कुमार यादव लगायतका समर्थन थियो ।