गुल्मी । जिल्ला कारागार गुल्मीमा सिनियर अहेब दरबन्दी भए पनि दुई वर्षदेखि सो दरबन्दीमा स्वास्थ्यकर्मी नहुँदा समस्या भएको छ । लामो समयदेखि स्वास्थ्यकर्मीका रूपमा कार्यरत प्रकाशचन्द्र घिमिरे स्वास्थ्य मन्त्रालयमा काजमा रहँदा कैदीबन्दीका स्वास्थ्य समस्यासँगै कारागारसमेत संकटमा परेको छ । घिमिरे २०७७ जेठदेखि स्वास्थ्य मन्त्रालयमा छन् । जसले गर्दा कारागारका कैदीबन्दीलाई समस्या भएको हो । कारागारका […]