पशुपति क्षेत्र विकास कोषको गाडी ८ वर्षदेखि एक वर्कशपले निजी बनाएर प्रयोग गर्दै आएको पाइएको छ ।
कोषको नाममा रहेको बा ५ च २०९२ नम्बरको सरकारी गाडी पपुलर नामक वर्कशपले निजी नम्बर प्लेटमा रूपान्तरण गरेर ८ वर्षदेखि प्रयोग गर्दै आएको खुलेको हो ।
मर्मतका लागि ८ लाख रुपैयाँ कोषले भुक्तानी गरेपनि ६ लाख ९० हजार रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको भन्दै ज्ञानेश्वरको उक्त वर्कशपले निजी नम्बर प्लेट राखेर प्रयोग गर्दै आएको छ ।
गम्भीर कुरा त, कोषले उक्त गाडी फिर्ता ल्याउन पहल गरेको देखिँदैन ।
खासै मर्मत गर्नु नपर्ने भनी ...