देशभरको मौसम बद्ली : केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना

काठमाण्डाै - देशभर मौसम बद्ली भएको छ । हिजो अस्तिदेखि नै मौसम बद्ली भएको र आज पनि मौसम सफा नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । आज विशेषगरी प्रदेश-१ सहित पहाडी केही ठाउँ र प्रदेश-२ तथा ५ का थोरै ठाउँमा पूर्ण बद्ली र बाँकी अरु ठाउँमा आंशिक बद्ली रहेको महाशाखाका मौसमविद् शान्ति कँडेलले बताउनुभयो । काठमाण्डौ उपत्यकामा पनि मौसम बद्लीकै अवस्थामा रहेकाले बेलुकापख पानी पर्ने सम्भावना रहेको उहाँले जानकारी दिनुभयो ।...

सम्बन्धित सामग्री

आज कोशी, बाग्मती र गण्डकीका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना

काठमाण्डाै - आज कोशी, बाग्मती र गण्डकीका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । अहिले मधेस प्रदेशसहित अरु थोरै ठाउँमा पानी परिरहेको छ । देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहेको र कतैकतै पानी परिरहेको जल तथा मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । आज दिउँसो कोशी प्रदेशसहित अन्य प्रदेशको पहाडी क्षेत्रका केही ठाउँमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । ठूलो पानी पर्ने अनुमान गरिएको कोशी, बाग्मती र गण्डकीका एक/दुई ठाउँमा पनि मेघगर्जन र चट्याङसहित पानी पर्ने अनुमान गरिएको महा...

आज धेरै ठाउँमा पानी नपर्ने, भोलिदेखि फेरि झरीको सम्भावना

काठमाण्डाै – आज देशका धेरै ठाउँमा पानी नपर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहान काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा घाम लागेको छ । अहिले देशभरको मौसम आंशिकदेखि सामान्य बदली छ । कोशी र सुदूरपश्चिमका एक/दुई ठाउँमा मात्रै अहिले हल्का वर्षा भैरहेको छ । आज एक/दुई ठाउँमा मात्रै मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तर भोलि पर्सि फेरि पानी पर्ने सम्भावना रहेको महाशाखाका मौसमविद् बरुण पौडेलले बताउनुभयो । यसवर्ष मन...

आज चार प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना

काठमाण्डाै - आज देशभरको मौसम आंशिकदेखि साामान्य बदली रहने मौसमविद्ले बताएका छन् । मौसमविद् गोविन्द झाका अनुसार आज दिउँसो कोशी र मधेस प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ । यस्तै, राति कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा मेघगर्जन र चट्याङसहित ठूलो पानी पर्ने सम्भावना रहेको छ ।   अन्य प्रदेशमा भने आज हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् गोविन्द झाले जानकारी दिनुभयो । उहाँका अनुसार आज र भोलि लगातारको झरी पर्ने सम्भावना छैन । तर, पानी पर्ने र रोकिने क्रम भने चलिरहने छ...

आज केही ठाउँमा हल्कादेखि सामान्य वर्षाको सम्भावना

काठमाण्डाै - आज प्रदेश-१, वाग्मती र गण्डकी प्रदेशका केही  र अन्य प्रदेशका एक/दुई ठाउँ हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले बताका छन् । मौसमविद् मञ्जु बासीका अनुसार आज खासै ठूलो पानी पर्ने सम्भावना छैन । तर, मेघगर्जन र चट्याङ पर्ने भएकाले सावधानी अपनाउन उहाँको आग्रह छ । अहिले मनसुनको न्यून चापीय रेखा पूर्वतिर सरदर स्थानभन्दा केही उत्तरतर्फ रहेको छ । आज देशभरको मौसम आंशिकदेखि सामान्य बदली हुने मौसमविद्को भनाइ छ ।

आज केही ठाउँमा मेघजर्गन र चट्याङ्गसहित पानी पर्न सक्ने

काठमाण्डाै - आज देशभरको मौसम आंशिकदेखि सामान्य बद्ली भएर केही ठाउँमा मेघजर्गन र चट्याङ्गसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । पानी पार्ने मौसमी प्रणालीको प्रभाव खासै नपरे पनि स्थानीय वायुको प्रभावका कारण आज देशका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार आज दिउँसो विशेषगरी प्रदेश-१, २ र वाग्मती प्रदेशका केही ठाउँमा पानी पर्ने सम्भावना छ । राति सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशका केही ठाउँमा सामान्यदे...

आज पाँच वटा प्रदेशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने

काठमाण्डाै - अहिले काठमाण्डौ उपत्यकामा हल्का पानी परिरहेको छ । आज बेलुकासम्म नै काठमाण्डौ उपत्यकामा सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको मौसमविद् निराजन सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार आज दिउँसो  वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै ठाउँमा र बाँकी प्रदेशको केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना छ । लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका एक वा दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । राति पनि देशभरको मौसम बद्ली भइ केही ठाउँमा...

देशभरको मौसम बद्ली, काठमाण्डौ उपत्यकासहित केही ठाउँमा वर्षा

काठमाण्डाै – देशभरको मौसम बद्ली भएको छ । केही ठाउँमा पानी परिरहेको छ । तुलनात्मक रुपमा पश्चिमी क्षेत्रमा अलि धेरै र वाग्मतीसहित प्रदेश एक र दुईमा कम पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाण्डौ उपत्यकामा आज बिहानैदेखि पानी परेको छ । पश्चिमबाट विकास भएको मौसमी प्रणाली फैलिएर पानी परेको महाशाखाका मौसमविद् मञ्जु बासीले जानकारी दिनुभयो । आज दिउँसो देशका केही ठाउँमा मेघगर्जन/चट्याङसहित पानी पर्ने सम्भावना छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेक...

काठमाण्डौसहित धेरै ठाउँको मौसम सफा, दिउँसोपछि क्षणिक वर्षाको सम्भावना

काठमाण्डौ – अहिले काठमाण्डौसहित देशका धेरै ठाउँको मौसम सफा रहेको छ । पहाडी क्षेत्रका केही ठाउँमा आंशिकदेखि सामान्य र तराईका थोरै ठाउँमा आंशिक बद्ली भएकाबाहेक देशभरको मौसम सफा रहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो । आज दिउँसोपछि भने पहाडका केही ठाउँमा मेघगर्जनसहित सामान्य पानी पर्ने सम्भावना रहेको छ । यस्तै तराईका एक/दुई ठाउँमा दिउँसोपछि मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।अहिले काठमाण्डौसहित देशका धेरै ठाउँको मौसम सफा रहेको छ । ...

आजको मौसम : हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं : अहिले बिहान देशभरको मौसम सामान्यतया सफा रहे पनि दिउँसो विभिन्न स्थानमा चट्याङ, मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना छ।स्थानीय वायु र पश्चिमी वायुको प्रभावका कारण सुदूरपश्चिम र कर्णाली प्रदेशमा धेरैजसो स्थानमा पानी पर्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकी प्रदेशका पहाडी भेगमा छिटफुट पानी पर्ने सम्भावना रहेको महाशाखाकी मौसमविद् विभूति पोखरेलले जानकारी दिइन्।पोखरेलका अनुसार काठमाडौं उपत्यकामा पनि पानी पर्ने सम्भावना छ। राति सुदूरपश्चिम, कर्णाली र ग

तुवाँलोले धुम्म रहेको मौसममा सुधार : पहाडी भेगका केही ठाउँमा पानी पर्ने सम्भावना

काठमाण्डाै – तुवाँलोले केही दिनदेखि धुम्म रहेको मौसम सुधार हुँदै गएको छ । आज बिहानैदेखि देशका धेरैजसो ठाउँमा घाम लाग्न सुरु भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभरको मौसम सफा नै रहेपनि स्थानीयसँगै पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेकाले पहाडी क्षेत्रका केहि ठाउँमा सामान्य पानी पर्ने सम्भावना छ । दिउँसोपछि पहाडी जिल्लाका केही ठाउँमा मेघगर्जन र चट्याङ्सहित क्षणिक पानी पर्ने अनुमान गरिएको महाशाखाले जनाएको छ । गण्डकी प्रदेश, प्रदेश १ र वाग्मती प्रदेशका केही ठाउँमा सामान्य पानी पर्ने सम्भा...