काठमाडौं : अहिले बिहान देशभरको मौसम सामान्यतया सफा रहे पनि दिउँसो विभिन्न स्थानमा चट्याङ, मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना छ।स्थानीय वायु र पश्चिमी वायुको प्रभावका कारण सुदूरपश्चिम र कर्णाली प्रदेशमा धेरैजसो स्थानमा पानी पर्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकी प्रदेशका पहाडी भेगमा छिटफुट पानी पर्ने सम्भावना रहेको महाशाखाकी मौसमविद् विभूति पोखरेलले जानकारी दिइन्।पोखरेलका अनुसार काठमाडौं उपत्यकामा पनि पानी पर्ने सम्भावना छ। राति सुदूरपश्चिम, कर्णाली र ग