म्याग्दीमा बाढीले घर बगाउँदा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेहरूमा सोही घरमा पसल गरी बस्ने मालिका गाउँपालिका-६, दुखु घर भएका २३ वर्षीय गजिन रोका र उनकै श्रीमती १९ वर्षीया बिना रोका रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मंगला गाउँपालिका-५, छिस्बाङ बस्ने थमबहादुर बुढाथोकीको घर वर्षाका कारण खहरे खोलामा आएको बाढीले भत्किएर पुरिएको हो ।
अहिले इलाका प्रहरी कार्यालय दरबाङ र प्रहरी चौकी बाबियारचौरबाट खटिएको प्रहरीले उद्धार गरिरहेको छ ।