मोरङ – कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले प्रजातन्त्र प्राप्तिका लागि नोना कोइरालाको योगदान सदैव स्मरणमा रहने बताएका छन्। विराटनगरको इक्राइमा शनिबार आयोजित नोना कोइराला स्मृति प्रतिष्ठानको साधारण सभाको उद्घाटन गर्दै डा. कोइरालाले राष्ट्र, राष्ट्रियता प्रजातन्त्र स्थापनाका लागि कोइरालाको योगदान बिर्सन नसकिने रहेको बताए। प्रतिष्ठानका संरक्षक डा. कोइरालाले राजनीतिमा ३३ प्रतिशत महिलाको स्थान रहनुपर्ने माग […]
मोरङ – मोरङ क्षेत्र नम्बर ६ प्रतिनिधि सभा सदस्यतर्फ गठबन्धनका उम्मेदवार डा. शेखर कोइरालाले ७ हजार २ सय बढी मतले अग्रतालाई कायम राखेका छन्। विराटनगरको आदर्श माविमा जारी मतगणनामा कांग्रेस केन्द्रीय सदस्य कोइारालाले २४ हजार १ सय ८९ मत हासिल गरेका छन्। ७ हजार २ सय ९५ मतले पछि परेका नेकपा एमालेका उम्मेदवार लालबाबु पण्डितले […]
मोरङ – चाडपर्व सकिएसँगै मोरङमा चुनावी सरगर्मी बढेको छ। सत्तारुढ गठबन्धनतर्फबाट मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधि सभा सदस्यका उम्मेद्वार डा. शेखर कोइराला आफ्नो तालिकासहित मैदानमा होमिएका छन्। नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. कोइरालाले चाडपर्वपछि मंगलबार पहिलो दैनिकीअनुरुप विराटनगरको विभिन्न ४ वटा वडामा भेटघाट तथा घरदैलो कार्यक्रम गरेका छन्। बिहान ७ बजे वडा नम्बर ५ […]
अहिले पनि विराटनगरको कोइराला निवास वरिपरि लगाएका पर्खाल मात्रै राम्रोसँग नियालियो भने यहाँको पछिल्लो राजनीतिक विश्लेषण गर्न सकिन्छ । मानिसहरूलाई सोधिराख्नुपर्दैन ।
विराटनगर । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाको विराटनगर ७ नं. वडामा काँग्रेसका उम्मेदवार मधुबाबु तिवारी विजयी भएका छन् । निवर्तमान वडाध्यक्ष समेत रहेका तिवारी एक हजार ३१२ मत ल्याएर विजयी भएका हुन् ।उनका निकटतम प्रतिस्पर्धी एमालेका दामोदर तिवारीले चार सय ६६ मत ल्याएका छन् । यस्तै एकीकृत समाजवादीका चन्द्रशेखर धाडेवालले तीन सय ९१ मत ल्याए । मधुबाबु यसअघि पनि वडाध्यक्ष थिए । यो क्षेत्र विराटनगरको कोइराला निवास रहेको बजार क्षेत्र पर्दछ ।
नेपाली काँग्रेसको नेता डा.शेखर कोइरालाले विराटनगरको अवस्था राम्रो नभएको बताएका छन् । सोमबार विराटनगरका माओवादी नेताहरुसँगको छलफलमा सो धारणा राखेका हुन् । नेता कोइरालाले माओवादी नेताहरुलाई आफ्नै निवासमा बोलाएर अब मिलेर जानुपर्ने धारणा राखेका छुन् । विराटनगरको प्रमुख पदमा स्वतन्त्र उम्मेद्वारी दिएका उमेश यादवले निक्कै भोट काट्ने आँकलन सहित कोइरालाको सक्रियता बढेको हो ।यस्तै माओवादी केन्द्रकी नेतृ नमिता न्यौपानेले पनि बागी उम्मेद्वारी दिएकी छिन् । उनको र यादवको चुनाव चिन्ह ‘लालटिन’ कायम
विराटनगर : नेपाली काङ्ग्रेसले विराटनगर महानगरपालिकाको मेयरको उम्मेदवार नागेश कोइरालालाई बनाएको छ।लामो समयको छलफलपछि सोमबार कोइरालालाई काङ्ग्रेसले उम्मेदवार दिएको हो।विराटनगरको मेयरमा भीम पराजुली, अृमत अर्याल र डिला संग्रौला दाबेदार थिए। तीन जनालाई पछि पार्दै उनले मेयरका लागि टिकट पाएका हुन्। उनी डाक्टर शेखर कोइराला पक्षका हुन्।
नेपाली काँग्रेसले विराटनगर महानरपालिकाको मेयरमा नागेश कोइरालालाई उम्मेदवार बनाएको छ । प्रधानमन्त्रीको निवास बालुवाटारमा सोमबार बिहान बसेको संसदीय समितिको बैठकले विराटनगरको मेयरमा कोइरालालाई उम्मेदवार बनाएको काँग्रेस महामन्त्री गगन थापाले जानकारी दिए ।कोइराला शेखर कोइराला निकट मानिन्छन् । यसअघि कृष्णप्रसाद सिटौलाले हालका मेयर भीम पराजुलीलाई दोहोर्याउन अडान राखेपछि उम्मेदवार छनोट गर्न पार्टी सभापति शेरबहादुर देउवालाई सकस परेको थियो ।
माघको दोस्रो साता प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबाट सत्तासीन दल नेपाली काँग्रेसका प्रतिपक्षी नेता शेखर कोइरालालाई फोन आयो । माघको चिसो मौसममा राष्ट्रिय राजनीति गर्मी गरेका बेला ओलीले फोन गरेर कोइरालासँग भेट्ने इच्छा राखे ।बालकोटबाट ओलीले फोन गर्दा कोइराला पूर्वी नेपालमा थिए । त्यो पनि ओलीको गृह जिल्ला झापामा । उनको सचिवालयको अनुसार मोरङ निवासी कोइराला राजनीतिक कामका लागि झापा पुगेका थिए । ओलीसँगको टेलिफोन संवादमा कोइरालाले काठमाडौँ फर्किएपछि आफू भेटवार्ताका लागि बालकोट नै आ