पर्वत : संवैधानिक प्रावधानअनुसार स्थानीय तहहरूले नीति तथा कार्यक्रम ल्याएपछि गरेपछि असार १० मा बजेट वक्तव्य गाउँ वा नगर सभामा पेस गर्नुपर्छ। तर जिल्लाको फलेवास नगरपालिकामा सत्तामा रहेको गठबन्धन र प्रतिपक्षमा रहेको एमालेबीचको विवादका कारण नगरसभा नै बस्न सकेन।नीति तथा कार्यक्रम र बजेटको विषयमा दुई पक्षले एक अर्कालाई दोष लगाउँदै अडानबाट पछि नहटेका कारण बैठक नै बस्न सकेको छैन।जसका कारण नीति तथा कार्यक्रम र बजेट नै सार्वजनिक हुन पाएको छैन। नगर कार्यपालिकामा नेकपा एमालेका सदस्यहरूको बहुमत रहेको छ भने