सुत्केरी व्यथा लाग्दा स्ट्रेचरसमेत पाइनन्, १ घण्टा बोकेर उपस्वास्थ्य चाैकी लगियो

धनगढी : सुदूरपश्चिमको पहाडी जिल्लाका विभिन्न क्षेत्र सडक सञ्जालसँग जोडिएपछि धेरै बिरामीहरुले एम्बुलेन्स सेवा पाइरहेका छन्।झन् सुत्केरी व्यथा लागेकी महिलालाई संघीय र सुदूरपश्चिम प्रदेश सरकारले कार्यक्रम नै ल्याएर हेलिकोप्टर उपलब्ध गराउने गरेको छ। जसअनुसार विकट क्षेत्रका गम्भीर सुत्केरी व्यथा लागेकाहरुलाई हेलिकोप्टरमार्फत उद्धार गरिन्छ। अछामकी एक गर्भवतीले एम्बुलेन्स त परै जावस् सामान्य स्ट्रेचरसमेत पाएकी छैनन्। जिल्लाको मेल्लेख गाउँपालिका–३ ठाटीमा रहेको बर्थिङ सेन्टरमा स्वास्थकर्मी र स

सम्बन्धित सामग्री

हेलिकप्टरमै जन्मियो बच्चा

मुगु खत्याड गाउँपालिका वडा ४ की एक महिलाले हेलिकप्टरमै बच्चा जन्माएकी छन् । १८ घण्टा लामो सुत्केरी व्यथा लाग्दा पनि सुत्केरी हुन नसकेपछि हेलिकप्टरमार्फत उद्धार उद्धार गरिएकी २० वर्षीया धनलक्षी रावलले उडिरहेको हेलिकप्टरमै बच्चा जन्माएकी हुन् ।

व्यथा लागेकी गर्भवतीलाई तीन घण्टासम्म बोकेर अस्पताल!

सिमकोट – गर्भवती महिलालाई व्यथा लागेपछि तीन घण्टा पैदल बोकेर जिल्ला अस्पतालमा ल्याउनुपरेको छ। वर्षासँगैको पहिरोले सिमकोट खार्पु खण्डको सडक अवरुद्ध हुँदा यातायात सञ्चालनमा नआएपछि बोक्नुपरेको हो। सडक अवरुद्ध हुँदा सुत्केरी व्यथा लागेकी खार्पुनाथ गाउँपालिका–४ माझा गाउँकी २० वर्षकी डाँफु सुनारलाई पैदल बोकेर ल्याएको आफन्त चन्द्र टमटाले बताए। दुई दिनअगाडि व्यथा लागेर छिप्रा स्वास्थ्य चौकीमा […]

प्रभावकारी बन्दै हेलीकोप्टरबाट सुत्केरी उद्धार, आठ महिनामा १६ काे जीवन रक्षा

हिमाली जिल्ला म्याग्दीको पश्चिमको दुर्गम गाउँ धौलागिरी गाउँपालिका–४ मुदीको नेरवाङकी २६ वर्षिय सुत्केरी व्यथा लागेको महिलाको आइतबार हेली उद्धार गरी ज्यान बचाइएको छ ।आठ हजार मिटर भन्दा अग्लो धौलागिरी हिमाल रहेको दुर्गम धौलागिरी गाउँपालिका र त्यसको पनि दुर्गम गाउँ मुदीको नेरवाङकी २६ वर्षीया मिनु छन्त्याल शनिबार बिहान १० बजे देखि सुत्केरी ब्यथाले छट्पटाइ रहनुभएको थियो । नेरवाङ गाउँको पनि गोठमा रहेकी मिनुलाई नजिकको स्वास्थ्य चौकी पु¥याउन पनि तीन घण्टा भन्दा बढी समय लाग्थ्यो भने बोकाएर लैजानुपर्ने अवस्था थियो ।

सुत्केरी व्यथाले छटपटाएकी महिलाको हेलिकप्टरद्वारा उद्दार

आईतबारबाट सुत्केरी हुन नसकेर छटपटाई रहेकी एक महिलाको सरकारबाट उद्दार गरिएको छ । सदरमुकाम गमगढीदेखि पाँच घण्टा टाढा रहेका विकट गाँउपालिका मुगुम कार्मारोङ्ग गाँउपालिका वडा नं ८ माँग्री गाउँकी ३४ वर्षीया कार्मा याङ्गजुम लामालाई आईतबार वेलुकाबाट सुत्केरी व्यथा लागे पनि सोमबारसम्म सुत्केरी हुन नसक्दा लामाको स्वास्थ्य अवस्था कमजोर हुँदै गएपछि जिल्ला प्रशासन कार्यालयको पहलमा हेलिकप्टरद्वारा उद्दार गरिएको जिल्ला प्रशासन कार्यालय मुगुुले जनाएको छ ।

उमेर नपुगी बच्चा जन्माउने आमा र शिशुको ज्यान जोखिममा

पाँचथर फालेलुङ गाउँपालिका –४ कि कोपिला लिम्बूको १४ वर्षकै उमेरमा प्रेम विवाह भयो । विवाह भएको सात महिना नपुग्दै उहाँलाई सुत्केरी व्यथा लाग्यो । महिना नपुगी जन्मेको बच्चाको तौल ९ सय ग्राम मात्र थियो । जन्मेको १२ घण्टा नबित्दै पाँचथर अस्पतालमा शिशुको ज्यान गयो ।

शिशुको गर्भमै मृत्यु, आमाको हेलिकोप्टरमार्फत् उद्धार

दार्चुलाको अपी हिमाल गाउँपालिकाकी सुरन्ती बोहराले गर्भमै शिशु गुमाउनुभएको छ। सुत्केरी व्यथा लागेपछि ६ घण्टा हिँडाइएकी सुरन्ती बोहराको गर्भमै शिशुको मृत्यु भएको हो।