निर्माणाधीन विमानस्थलमा मोटरसाइकल दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु

अर्घाखाँची : अर्घाखाँचीको सन्धिखर्कस्थित निर्माणाधीन विमानस्थलमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा दुईजना घाइते भएका छन्। सन्धिखर्क–१० शिखरबार्नीमा निर्माणाधीन हवाईमैदानको रनवेमा मोटरसाइकल चलाउने क्रममा उक्त दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालका अनुसार गए राति दुई मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो।…

सम्बन्धित सामग्री

बर्दियामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु, एक घाइते

काठमाडौं । बर्दियाको बारबर्दिया नगरपालिका–५ सिटबरैलीमा बुधबार राति मोटरसाइकल दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । पदनाहबाट बनघुस्रीतर्फ जाँदै गरेको भे ११ प ३७६० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक बारबर्दिया नगरपालिका–२ जोगिगाउँका ३२ वर्षीय श्याम किशोर थारुको घटनास्थलमै मृत्यु भएको हो । यस्तै, दुर्घटनामा मोटरसाइकलमा पछाडी सवार ४५ […]

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

बाँके – बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१७ परस्पुरमा गएराती मोटरसाइकल दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेकै जानकी गाउँपालिका-१ का २५ वर्षीय राजेश यादब रहेका छन् । नेपालगञ्जबाट घरतर्फ जाँदै गरेका यादबले चलाएको अनटेष्ट लेखिएको मोटरसाइकल गएराती पौने १० बजे अनियन्त्रित भइ पल्टिएको प्रहरी चौकी सााईगाउँ बाँकेले जनाएको छ ।

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

स्याङ्जा – स्याङजाको हरिनास गाँउपालिका- ३ राहालेमा हिजो बेलुकी मोटरसाइकल दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक पर्साको बहुदरमाई नगरपालिका- ६ स्थायी घर भइ हाल तनँहुको शुक्लगण्डकी नगरपालिका- ४ मा व्यवसाय गरी बस्ने अन्दाजी ३५ वर्षीय जय प्रकास साह रहेका छन्। हिजो साँझ साढे ५ बजे दुलेगौडाबाट तनँहु जाँदै गरेको […]

डडेल्धुरामा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

डडेल्धुरा, ३१ बैशाख । डडेल्धुरामा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु भएको र अर्का एक घाइते भएका छन् । भीमदत्त राजमार्गअन्तर्गत अमरगढी नगरपालिका–१ ढुनढुनेमा आज दिउँसो मोटरसाइकल दुर्घटना हुदा एक युवकको घटनास्थलमै मृत्यु भएको हो । डोटीको आदर्श गाउँपालिका घर भई तराईतर्फ जाँदै गर्दा मोटरसाइकल दुर्घटना भएको स्थानीयवासीले बताए । मृतक र घाइतेको परिचय खुल्न सकेको […]

धनकुटामा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनकुटाको साँगुरीगढी गाँउपालिका–३ सल्लेनी डाँडामा गएराती मोटरसाइकल दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा साँगुरीगढी–३ मदेन टोलका अन्दाजी ३८ वर्षीय ईन्द्रबहादुर याखा रहेका छन् । कुशेटारबाट मदेनतर्फ आँउदै गरेको याखाले चलाएको को २८ प ७४७१ मोटरसाइकल अनियन्त्रित भई गएराती पौने १२ बजे दुर्घटनामा परेको थियो । मोटरसाइकल सडकबाट अन्दाजी ५०० मिटर तल खसेको प्रहरी चौकी डाँडाबजारले जनाएको छ ।

सिन्धु खोलामा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका १२ सिन्धु खोलामा शुक्रबार भएको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।  मेलम्चीबाट सिपाघाटतर्फ जाँदै गरेको बा ७४ प ७४८२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा काभ्रे मण्डन देउपुर नगरपालिका–६ का ४० वर्षीय इन्द्रबहादुर खड्काको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ । मोटरसाइकल सडकबाट करिब ६५ मिटर तल खसेको थियो । उक्त सडकखण्डमा हाल सडक स्तरोन्नतिको काम भइरहेको छ । बाइक अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने मेलम्चीका प्र

म्याग्दीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

पोखरा – म्याग्दीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मालिका गाउँपालि- ६ बांगेपहिरोमा ग ९ प ७४७ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो । दुर्घटनामा मालिका-५ गरजराका २३ वर्षीय भविन्द्र किसानको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकलमा सँगै सवार मालिका-२ का सन्तोष किसान घाइते छन् ।

पर्वतमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

पर्वतको महाशीला गाँउपालिका–१ जमपुरमा बुधबार राति मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा स्थानीय ३४ वर्षीय रणबहादुर राना रहेका छन् ।  भोक्सिङ–होश्राङदी सडकखण्ड अन्तर्गत जमपुरमा बुधबार राति राना सवार लु ४५ प १५५३ नम्बरको मोटरसाइकल दुर्घटना भएको थियो । उनको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय लुङखुले जनाएको छ ।

मोटरसाइकल दुर्घटना हुँदा तीन युवकको घटनास्थलमै मृत्यु

धनुषामा मोटरसाइकल दुर्घटना हुँदा तीन युवकको घटनास्थलमै मृत्यु भएको छ ।  धनुषाको औरहीबाट जनकपुरधामतर्फ आउँदै गरेको ज ९ प १९८२ नम्बरको मोटरसाइकल तीव्र गतिका कारण अनियन्त्रित भएर दुर्घटना भई मृत्यु भएको धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए ।मृतकमध्ये एक जना जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ११ का २१ वर्षीय कुनाल कुमार साहको सनाखत भएको उनले बताए । अन्य दुई जनाको परिचय समेत खुल्न बाँकी रहेको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए ।

काभ्रेमा मोटरसाइकल दुर्घटना : एक जनाको घटनास्थलमै मृत्यु

काभ्रे : जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नम्बर ६ सिपाघाटस्थित मेलम्ची जिरोकीलो भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा मंगलबार राति एक जनाको मृत्यु भएको छ।जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी भूपेन्द्र बहादुर खत्रीले मंगलबार साँझ साढे ८ बजे मेलम्चीबाट ढाडखोलातर्फ आउँदै गरेको अवस्थामा बा२७प ४९०२ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको जानकारी दिए।जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार दुर्घटनामा  मोटरसाइकल चालक जिल्ला सिन्धुपाल्चोक इन्द्रावती गाउँपाल