परीक्षामा अनुत्तीर्ण हुने शिक्षकलाई पनि सुविधा दिने गरी ऐन संशोधन गर्ने प्रस्तावमा शिक्षा मन्त्रालय अर्थमन्त्रालयको सहमति कुरिरहेको छ। शिक्षाले असार पहिलो साता अनशन बसेका अस्थायी शिक्षकसँग अनुत्तीर्ण भए पनि सुविधा दिने गरी शिक्षा ऐन संशोधन गर्ने भनी सम्झौता गरेको थियो। यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ। उक्त सम्झौता कार्यान्वयन नभएको भन्दै बुधबारदेखि दुई अस्थायी…