‘यातायात खुलेको ६ महीनासम्म बैंक किस्ता तिर्न सक्दैनौं’

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले निषेधाज्ञा खुलेर यातायात सञ्चालन भएको ६ महीनासम्म बैंक किस्ता तिर्न नसक्ने बताएको छ । शुक्रवार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँगको टेलिफोन संवादमा महासंघका तर्पmबाट सचिव सरोज सिटौलाले यातायात सञ्चालन भएको कम्तीमा ६ महीना किस्तामा छूट दिनुपर्ने माग राखे । आगामी साउनमा सार्वजनिक हुने राष्ट्र बैंकको मौद्रिक नीतिमार्फत यातायात क्षेत्रलाई सहुलियत दिन बैंकहरूलाई निर्देशन दिनुपर्ने उनले बताए । अघिल्लो वर्ष यातायात क्षेत्रलाई शुरूमा अति प्रभावित क्षेत्रमा राखिएकोमा कार्यविधि बन्दा पछाडि धकेलेका कारण आफूहरूले कुनै सुविधा नपाएको उनको भनाइ छ । ‘निषेधाज्ञाले यातायात क्षेत्रको १० खर्ब लगानी जोखिममा परेको छ, जसमध्ये ८ खर्ब बैंक ऋण हो,’ उनले भने, ‘यातायात दिनभरि काम गरेर साँझ ज्याला लिने क्षेत्र हो त्यसैले गाडी खुलेको कम्तीमा ६ महीना अवस्था सामान्य हुन लाग्छ ।’ अघिल्लो वर्ष ४ महीना बन्द भएको यातायात यस वर्ष निषेधाज्ञा भएपछि १ महीनादेखि बन्द छन् । यातायात बन्द भएपछि १० लाख जनाले प्रत्यक्ष रोजगारी गुमाएको महासंघका सचिव सिटौलाको भनाइ छ । उनले बन्दाबन्दीपछि सडकमा, चउँरमा र ग्यारेजमा थन्किएका सवारीसाधनमा खिया लागेको र इन्जिन बिग्रिन थालेको बताए । गभर्नर अधिकारीसहित अर्थसचिव शिशिरकुमार ढुंगानासँग यातायात क्षेत्रका समस्याका बारेमा जानकारी गराएको बताउँदै सिटौलाले सरकारबाट सकारात्मक प्रतिक्रिया आएको बताए । राष्ट्र बैंकका गभर्नर अधिकारीले महासंघले आफ्ना समस्याहरूको जानकारी दिएको बताए । ‘टेलिफोनमार्फत उहाँले महासंघका समस्याबारे जानकारी गराउँदै मौद्रिक नीतिमार्फत राहत दिन अनुरोध गर्नुभएको छ,’ उनले भने, ‘हामी मौद्रिक नीति ल्याउनुअघि सबै क्षेत्रका समस्या सुनेर आवश्यकताअनुसार सम्बोधन गर्छौं ।’ मौद्रिक नीतिका लागि समय रहेकाले यस बीचमा सबै क्षेत्रसँग छलफल गर्ने उनले बताए ।

सम्बन्धित सामग्री

चैतको किस्ता तिर्न असारसम्मको समय माग

पर्यटन व्यवसायीहरूले बैंक तथा वित्तीय संस्थाहरुको किस्ता तथा ब्याज रकम यही चैत मसान्तभित्र तिर्न नसक्ने बताएका छन् । कोभिड–१९ पछि देशमा देखा परेको आर्थिक मन्दीका कारण चैत मसान्तमा तिर्नुपर्ने आर्थिक दायित्वलाई सार्नुपर्ने उनीहरुको माग छ । यसअघि धान्दै आएको किस्ता यसपालि भने मिलान गर्ने अवस्था नरहेकाले कर्जाको भुक्तानी आगामी असार मसान्तसम्मलाई पुनर्तालिकीकरण गर्नुपर्ने पोखरा पर्यटन […]

चर्को ब्याजदरविरुद्ध व्यवसायी सडकमा

बैंक तथा वित्तीय संस्थाको उच्च ब्याजदरले ब्याज र किस्ता तिर्न कठिन भएको भन्दै उद्योगी–व्यवसायी सडक आन्दोलनमा उत्रिएका छन्।...

पोखराका व्यवसायीको गुनासोः सरसापट गरेर पनि किस्ता तिर्न सक्ने अवस्था रहेन

‘होटल क्षेत्रले चुक्ता गर्नुपर्ने सबै प्रकारका कर्जा तथा ब्याज तिर्न व्यवसायी तयार छन्। तर त्यस्तो दायित्वलाई आउँदो वर्षमा मिलान गर्ने व्यवस्थाका लागि हामी नेपाल राष्ट्र बैंक, सम्बन्धित मन्त्रालय र सरकारसँग आग्रह गर्न चाहन्छौं,’ संघले विज्ञप्ति जारी गर्दै...

कुमारी बैंक र फोनपेबीच सहकार्य, अब मोबाईल एपबाट किस्ताबन्दीमा रकम तिर्न पाइने

काठमाडौं, ५ पुस । अब फोनपे पेमेन्ट सर्भिसको नेटवर्कमा कुमारी बैंकको मोबाईल एपबाट किस्ताबन्दीमा रकम तिर्न पाइने भएको छ । एफवानसफ्ट, फोनपे र कुमारी बैकको सहकार्यमा कुमारी बैंकका ग्राहकलाई यस्तो सुविधा दिएको हो । यस सुविधामा कुमारी बैंकमा खाता रहेका ग्राहकले क्यूआरमार्फत भुक्तानी गर्दा तत्काल नगद अथवा किस्ता बन्दीमा रकम भुक्तानी गर्न सक्नेछन् । यसका […]

कुमारी बैंक र फोनपेबीच सहकार्य

फोनपे पेमेन्ट सर्भिसको नेटवर्कमा कुमारी बैंकको मोबाईल एपमार्फत् किस्ताबन्दीमा रकम तिर्न सकिने भएको छ । एफवानसफ्ट, फोनपे र कुमारी बैकको सहकार्यमा कुमारी बैंकका ग्राहकलाई यस्तो सुविधा प्रदान गरिएको हो ।यस सुविधामा कुमारी बैंकमा खाता रहेका ग्राहकले क्यूआरमार्फत भुक्तानी गर्दा तत्काल नगद अथवा किस्ता बन्दीमा रकम भुक्तानी गर्न सक्नेछन् । यसका लागि ग्राहकले कुमारी बैंकको फोनलोन […]

इसेवाबाट बैंकको किस्ता भुक्तानी निःशुल्क

भुक्तानी सेवा प्रदायक इसेवाबाट कुनैपनि सदस्य बैंकको किस्ता निःशुल्क तिर्न सकिने भएको छ । यो सुविधा मंगलबारदेखि असार मसान्तसम्म लागु हुने कम्पनीले जनाएको छ । यो अवधिमा इसेवाका कुनैपनि सदस्य बैंक तथा वित्तीय संस्थाको किस्ता तिर्दा अथवा रकम पठाउँदा कुनै पनि किसिमको शुल्क लाग्ने छैन । डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने तथा कोभिड महामारीका बेला सहजै […]

इसेवाबाट निःशुल्क बैंक किस्ता रकम तिर्न सकिने

काठमाडौं। इसेवाले निःशुल्क रुपमा बैंक तथा वित्तिय संस्थाको किस्ता रकम निःशुल्क तिर्न सकिने सुविधा ल्याएको छ। कम्पनीका अनुसार यो सुविधा असार २२ गतेदेखि असार ३१ गतेसम्म लागू हुनेछ। यो समयभित्र कुनै पनि बैंक तथा वित्तिय संस्थाको रकम पठाउँदा कुनै किसिमको शूल्क लाग्ने छैन।

इसेवाबाट कुनेपनि बैंकको किस्ता निःशुल्क भुक्तानी गर्न सकिने

काठमाडौं । नेपालको भुक्तानी सेवा प्रदायक इसेवाबाट कुनैपनि सदस्य बैंकको किस्ता निःशुल्क तिर्न सकिने भएको छ । यो सुविधा असार २२ गते मंगलबार देखि असार मसान्तसम्म लागु हुनेछ । यो अवधिमा इसेवाका कुनैपनि सदस्य बैंक तथा वित्तीय संस्थाको किस्ता तिर्दा अथवा रकम पठाउँदा कुनै पनि किसिमको शुल्क लाग्ने छैन । डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने तथा कोभिड महामारीका बेला सहजै ऋणको किस्ता तिर्न सकियोस् भन्ने उदेश्यले यो सुविधा दिइएको इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले बताए । उनले भने, &lsqu

महालक्ष्मी लाइफले बिमा शुल्क तिर्दा लाग्ने बिलम्व शुल्कमा छुट दिने

महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले बिमा शुल्क भुक्तानीको बिलम्व शुल्कमा छुट दिने भएको छ । हाल सरकारले लगाएको निषेधाज्ञाको कारण बिमितहरुले बिमाशुल्क किस्ता समयमा तिर्न समस्या भएको हुनाले कम्पनीले बिमा शुल्क भुक्तानीको बिलम्व शुल्कमा छुट दिने भएको हो ।अहिलेको यस्तो विषम अवस्थामा सार्वजनिक आवागमन बन्द भएको, बैंक शाखाहरू सञ्चालन नभएको तथा समयमा किस्ता तिर्ने रकमको व्यवस्था […]

नेपाल बैंक लिमिटेडबाट कर्मचारी सञ्चय कोषको कर्जा तिर्ने सुविधा

नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेडबाट कर्मचारी सञ्चय कोषका ऋणिहरूले लिएको कर्जाको साँवा, ब्याज तथा किस्ता रकम तिर्न सक्ने भएका छन् । नेपाल बैंक लिमिटेडका देशभरका सम्पूर्ण २०३ शाखा तथा ३८ वटा एक्स्टेन्सन काउन्टरबाट समेत यो सुविधा लिन सकिनेछ । बैंकमार्फत कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताले मासिक सञ्चित रकम जम्मा गर्दै आइरहेकोमा अब उप्रान्त कर्जा भुक्तानीको सुविधा समेत उपलब्ध गराइएको बैंकले जनाएको छ ।