केपी ओलीलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट हटाइयाे - Purbeli News

काठमाडौं / प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई नेकपा प्रचण्ड माधव समुहले साधारण सदस्य समेत नरहने गरी पार्टीबाट हटाएको छ । सोमबार बसेको प्रचण्ड नेपाल पक्षको चौथो केन्द्रीय समिति बैठकले सो निर्णय गरेको हो । यस्तै महासचिव विष्णु पौडेललाई पदबाट हटाएको बताइएकाे छ ।

सम्बन्धित सामग्री

उपेन्द्र यादवद्वारा महन्थ, राजेन्द्रलगायत ४ नेतालाई पार्टीबाट निस्कासन

जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षले अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो लगायत ४ जनालाई पार्टीबाट निस्कासन गरेको छ ।  ठाकुर र महतोसहित लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई साधारण सदस्य समेत नरहने गरी कारवाही गरिएको नेता इश्तियाक राईले जानकारी दिए ।  यसअघि जसपाका अध्यक्ष यादवले महन्थ र राजेन्द्र लगायतलाई स्पष्टीकरण सोधेका थिए । महन्थले पनि यादवलाई दुईपटक स्पष्टीकरण सोधेका थिए । महन्थ पक्षले केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा निरन्तता दिने र यादव पक्षले कांग्रेस सभापति शेरबहादुर देउवाला...

अधिकार नै नभएका ओलीले गरेको कारबाही कुनै अर्थ छैन : माधव नेपाल

काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीसँग आफूलाई हटाउने अधिकार नभएको बताएका छन्।नेकपा एमाले अध्यक्ष ओलीले आफूमाथि गरेको कारबाहीबारे सामाजिक सञ्जाल मार्फत प्रतिक्रिया दिँदै नेपालले ओली सिंगो पार्टीको नभएर गुटको मात्र अध्यक्ष भएको दाबीसमेत गरेका छन्। अध्यक्ष ओलीले नेपाल र एमाले उपाध्यक्ष भीम रावललाई साधारण सदस्य समेत नरहने गरी ६ महिनाका लागि निलम्बन गरेका छन्।‘ओलीलाई मलाई हटाउने कुनै अधिकार छैन। यस बारेमा मलाई जानकारी पनि छैन’ नेता नेपालले भने,&ls

केपी ओली नेकपाको साधारण सदस्यबाटसमेत निष्कासित

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल पक्षले प्रधानमन्त्री केपी ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी हटाएको छ ।पार्टी कार्यालय परिसडाँडामा आइतबार बसेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको हो । बैठकपछि संचारकर्मीहरुसँग बोल्दै नेता नारायणकाजी श्रेष्ठले पार्टीको अध्यक्ष समेत रहेका ओलीलाई पार्टी अनुशासन उल्लंघन गरेकोले कारबाही गरेको बताए […]

पार्टीको साधारण सदस्यसमेत नरहने गरी ओलीलाई निष्कासन

नागरिक दैनिकले नेकपा दुई समूहका विभाजित भएपछि प्रचण्ड नेपाल समूहले ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको खबर छापेको छ । आइतबार बसेको सो समूहको स्थायी समिति बैठकले ओलीलाई पार्टीको साधारण सदस्यबाटै हटाएको हो । प्रचण्ड–नेपाल समूहको माघ २ गते बसेको बैठकले ओलीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेर बालुवाटारमा बुझाइएको थियो । तर त्यसको जबाफ नदिएको भन्दै ओलीलाई आइतबार कारबाही भएको हो ।

प्रचण्ड-नेपाल पक्षद्वारा प्रधानमन्त्री ओली नेकपाको साधारण सदस्यताबाट निष्काशित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल पक्षले प्रधानमन्त्री ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरि हटाएको छ । पार्टी कार्यालय परिसडाँडामा आइतबार बसेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको हो । बैठक पछि संचारकर्मीहरुसँग बोल्दै नेता नारायणकाजी श्रेष्ठले पार्टीको अध्यक्ष समेत रहेका ओलीलाई पार्टी अनुशासन उल्लंन गरेकोले कारबाही गरेको बताउनु भयो । प्रधानमन्त्रीले संसद विघटनगरे लगत्तै असन्तुष्ट बनेका प्रचण्ड–नेपाल पक्षले प्रधानमन्त्री ओलीलाई यसअघिको बैठकले कारबाही किन नगर्ने भनि स्पष्टीकरण सोधेको थियो । यस्तै आज बसेको स्थायी कमिटी बैठकले पार्टी केन्द्रीय कार्यालयको सचिवमा स्थाई समिति सदस्य गंगालाल तुलाधरलाई जिम्मेवारी दिने निर्णय पनि गरेको छ । प्रचण्ड नेपाल पक्षको स्थायी कमिटीको अर्काे बैठक दुई दिनपछि बस्ने भएको छ ।

प्रचण्ड-नेपाल पक्षद्वारा ओलीलाई पार्टीको साधारण सदस्यबाट निष्कासन

नेकपाको प्रचण्ड नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहेन गरी निष्कासन गरेको छ।

नेकपा प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक शुरू

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक शुरू भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शुरू भएको बैठकमा संसद विघटनपछिको अवस्था र आन्दोलनबारे छलफल हुनेछ । पार्टी कार्यालयमा बैठक शुरू भएको स्थायी कमिटी सदस्य गणेश साहले लोकान्तरलाई जानकारी दिए । बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गर्ने तयारी समेत रहेको एक नेताले जानकारी दिए । यसअघि पार्टीले ओलीलाई स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरणको जवाफ नआए ओलीलाई कारवाही गर्ने नेकपा प्र...

ओलीलाई थप कारवाही गर्न भोलि प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाट समेत निष्कासित गर्न भोलि आइतवार नेकपा प्रचण्ड–नेपाल समूहले स्थायी कमिटी बैठक बोलाएको छ । पार्टी कार्यालय पेरिसडाँडामा आइतवार दिउँसो साढे १२ बजे बैठक बोलाइएको स्थायी कमिटी सदस्य पम्फा भुसालले जानकारी दिइन् । पार्टी हितविपरीत गतिविधि गरेको आरोपमा ओलीलाई स्पष्टीकरण सोधिएकोमा जवाफ नआएकाले भोलिको बैठकबाट साधारण सदस्य समेत नरहने गरी कारवाहीको निर्णय हुने नेकपा स्रोतले जनाएको छ । यसअघि अध्यक्ष माधवकुमार नेपालले समेत ओलीलाई कारवाही गर्न लागिएको जानकारी सार्वज...