माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा भौतिक पूर्वाधार मन्त्री दीर्घ सोडारी चयन भएका छन् । सो पार्टीका ज्येष्ठ प्रदेशसभा सदस्य बलबहादुर सोडारीको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले मन्त्री सोडारीलाई संसदीय दलको नेतामा चयन गरेको हो ।बैठकले मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको सरकारलाई दिएको समर्थन जारी राख्ने निर्णय गरेको छ । प्रदेशसभा सदस्य दुर्गाकुमारी विकका अनुसार संसदीय दलको बैठकमा मुख्यमन्त्री भट्ट नेतृत्वको सरकारलाई जनाएको समर्थनल