सुदूरपश्चिम प्रदेश सभामा एमालेभन्दा ठूलो बन्यो नेकपा (एस), थप ३ सांसदले गरे सनाखत

सुदूरपश्चिम प्रदेशमा नेकपा (एकीकृत समाजवादी) एमालेभन्दा ठूलो दल बनेको छ । प्रदेश सभाका थप ३ सांसदले सनाखत गरेपछि एमालेभन्दा नेकपा (एस) ठूलो दल बनेको हो ।  सांसदहरू दीर्घ सोडारी, तारा लामा तामाङ, प्रकाश रावलले आइतवार नेकपा एसको पक्षमा सनाखत गरेका हुन् । यसअघि नै १० सांसदले सनाखत गरिसकेका थिए । यससँगै नेकपा एसका १३ सा‌ंसद पुगेका छन् भने एमालेमा १२ सांसद बाँकी छ ।