भारतको बिहार राज्यमा रहेको मुजफ्फरपुर जिल्लामा कोरोना संक्रमित आफ्ना पितालाई सडकमा छोडेर छोरा भागेका छन् ।
छोरोले छोडेपछि पतिको ज्यान बचाउनका लागि पत्नीले मानिसहरूलाई पुकारा गरिन् । पछि मानिसहरूले मद्दत गरेर अस्पताल लगे र त्यहाँ नै उनको मृत्यु भयो ।
दमचुक इलाकामा अर्जुन ओझा दुई दिनअघि कोभिड संक्रमित भएका थिए । दुई दिन उनी घरैमा बसे । परिवारले उनलाई उपचारका लागि कतै लगेन । छोरो सरकारी शिक्षक हो ।
टोलका मान्छेले दबाब दिएपछि छोरोले सदर अस्पतालबाट एम्बुलेन्स मगाएर पितालाई उपचारका ल...