विद्यार्थीका लागि ल्याएको ल्यापटप शिक्षकलाई उपहार

सुर्खेत : जाजरकोट भेरी नगरपालिका– ११ जगतिपुर स्थित शिव शंकर माध्यमिक विद्यालयमा रहेका कम्प्युटर शिक्षकले घरमा लैजाँदा विद्यार्थीले छुनसमेत पाएका छैनन्। ४५ वटा कम्प्युटर मध्ये १३ वटा ल्यापटप र ३२ वटा डेस्कटप विभिन्न निकायबाट विद्यालयलाई उपलब्ध गराएको थियो। ति कम्प्युटरहरू विद्यार्थीहरूले टाढैबाट देख्न बाहेक अन्य काम कुनै पनि गर्न नपाएको बताएका छन्। विद्यार्थीका लागि भनेर उपलब्ध भएका ल्यापटपहरू शिक्षकले घरमा लिएर राखेको विद्यार्थीहरूले आरोप लगाएका छन्।प्रयोगशालामा राखेपछि बिग्रन्छन् भन्

सम्बन्धित सामग्री

प्रश्न पत्र ‘आउट’ गर्ने शिक्षक निलम्बन

समयावधि भन्दा पहिले नै प्रश्न पत्र बाहिर ल्याएको भन्दै अर्घाखाँचीको मालारानी गाउँपालिकाले एक शिक्षकलाई निलम्बन गरेको छ।...

राहत शिक्षकलाई उमेर हद नलाग्ने

काठमाडाैँ- राहत शिक्षक अनुदान कोटा र विशेष शिक्षा तथा प्राविधिक धारका शिक्षक तथा प्रशिक्षक अनुदान कोटामा कार्यरत शिक्षकलाई  स्थायी सेवामा प्रवेश गर्नका लागि उमेर हद नलाग्ने भएको छ । सरकारले ल्याएको  विद्यालय शिक्षा विधेयकमा राहत शिक्षकलाई स्थायी नियुक्तिका लागि खुलाएको विज्ञापनमा उमेर हद नलाग्ने व्यवस्था ल्याएको हो ...

उत्कृष्ट विद्यालयलाई १० लाख

नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिकाले कक्षा १० (एसईई)मा उत्कृष्ट नतीजा ल्याउने विद्यालयलाई प्रोत्साहनस्वरूप रू. १० लाख दिने घोषणा गरेको छ । नगरपालिकाले हालै ल्याएको ‘शैक्षिक सुधार कार्यक्रममार्फत तोकिएको मापदण्डका आधारमा एसईईमा उत्कृष्ट नतीजा ल्याउने विद्यालयलाई प्रोत्साहनस्वरूप उक्त रकम दिन लागिएको नगरप्रमुख जगतबहादुर गुरुङले जानकारी दिए । स्थानीय तहले शिक्षाको समग्र विकास गर्ने उद्देश्यले ल्याएको कार्यक्रममार्फत विद्यालयले विद्यार्थी संख्या बढाउन र विद्यार्थीलाई दक्ष बनाउन सहयोग पुग्ने विश्वास लिइएको उनको भनाइ छ । ‘नगरभित्र सञ्चालित सामुदायिक विद्यालयको सुधारका लागि ल्याएको शैक्षिक सुधार कार्यक्रमले आधारभूत र माध्यमिक विद्यालयका लागि फरक–फरक मापदण्ड बनाएको छ,’ उनले भने, ‘मापदण्डमा रहेको सूचकांकका आधारमा उत्कृष्ट विद्यालयलाई नगद पुरस्कार र शिक्षकलाई अवार्ड प्रदान गरिनेछ ।’ शिक्षाको माध्यमबाटै स्वास्थ्य क्षेत्रको सुधार, शीप तथा क्षमता अभिवृद्धि र रोजगारी सृजना गर्न सकिने उनको भनाइ छ । रासस

ग्लोबल आइएमई बैंकको ल्यापटप योजना

काठमाडौं (अस) । ग्लोबल आइएमई बैंक लिमिटेडले सरल किस्ताबन्दीमा ल्यापटप योजना ल्याएको छ । बैंक र लियो क्लब अफ काठमाडौं टेम्पल पिस काभ्रेबीच गुणस्तरीय शिक्षामा प्रविधिको पहुँच परियोजनाअन्तर्गत काभ्रेका शिक्षकलाई सरल किस्ताबन्दीमा ल्यापटप उपलब्ध गराउन सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौतामा बैंकका बजार व्यवस्थापन तथा व्यवसाय प्रवद्र्धन प्रमुख शान्ता शिवाकोटी र लियो क्लब अफ काठमाडौं टेम्पल पिसका सल्लाहकार तथा गुणस्तरीय शिक्षामा प्रविधिको पहुँच परियोजना संयोजक सुदीप न्यौपानेले हस्ताक्षर गरे । सम्झौताअनुसार बैंकले गुणस्तरीय शिक्षामा प्रविधिको पहुँच परियोजनाअन्तर्गत लियो क्लब अफ काठमाडौं टेम्पल पिस काभ्रेको सिफारिसमा काभ्रेमा अध्यापनरत शिक्षकलाई किस्ताबन्दीमा ल्यापटप उपलब्ध गराउनेछ । उक्त प्रक्रियामा शिक्षकले ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड लिएर इजीबाई इजी पेमार्फत सरल किस्ताबन्दीमा ल्यापटप प्राप्त गर्न सक्नेछन् । साथै, बैंकले काभ्रेका शिक्षकका लागि बैंकिङ साक्षारतासम्बन्धी कार्यक्रमसमेत आयोजना गर्नेछ । हाल बैंकले २८० शाखा, २४८ एटीएम, २५७ शाखारहित बैंकिङ, ४७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयबाट बैंकिङ सेवा दिँदै आएको छ ।

काँग्रेसबाट निर्वाचित मेयरले दिने भए शिक्षकलाई खाजा भत्ता

मुगु । सङ्घीय सरकारले गत महिना प्रस्तुत गरेको बजेटमा निजामती कर्मचारीहरूलाई पर्यटन काज, दैनिक खाजा जस्ता सुविधा दिने उल्लेख गरेर शिक्षकलाई विभेद तथा उपेक्षा गरे पनि यहाँको एक स्थानीय सरकारले सङ्घीय सरकारले विभेद र उपेक्षा गरेका तिनै शिक्षकलाई पहिलो प्राथमिकतामा राख्दै आफ्नो नीति तथा कार्यक्रम ल्याएको छ ।

काँग्रेसबाट निर्वाचित मेयरले दिने भए शिक्षकलाई खाजा भत्ता

मुगु । सङ्घीय सरकारले गत महिना प्रस्तुत गरेको बजेटमा निजामती कर्मचारीहरूलाई पर्यटन काज, दैनिक खाजा जस्ता सुविधा दिने उल्लेख गरेर शिक्षकलाई विभेद तथा उपेक्षा गरे पनि यहाँको एक स्थानीय सरकारले सङ्घीय सरकारले विभेद र उपेक्षा गरेका तिनै शिक्षकलाई पहिलो प्राथमिकतामा राख्दै आफ्नो नीति तथा कार्यक्रम ल्याएको छ ।

राजीनामा दिने शिक्षकलाई १ देखि साढे ३ लाख रुपैयाँको प्याकेज

नगरपालिकाले सो प्याकेज गत वर्ष पनि ल्याएको थियो। गत वर्ष ल्याएको प्याकेजमा कुनै शिक्षकको पनि निवेदन नपरेपछि यो वर्ष नगरपालिकाले प्रोत्साहन रकम बढाएको हो।

विद्यार्थीलाई पाइपले कुट्ने शिक्षक पक्राउ

दाङ – परीक्षामा नम्बर कम ल्याएको भन्दै कक्षाकोठामा विद्यार्थीलाई कुट्ने एक शिक्षकलाई प्रहरीले पक्राउ गरेकाे छ । दाङकाे देउखुरीको राजपुर गाउँपालिका ७ मा रहेकाे माध्यमिक विद्यालय सिक्टाका शिक्षक हेमराज विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शिक्षक विकलाई पक्राउ गरेर बालबालिका ऐनअन्तर्गत मुद्दा दर्ता गरिएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी नायब निरीक्षक मीनबहादुर शाहीले जानकारी दिनुभयो । विद्यार्थीका अभिभावकको किटानी जाहेरीका आधारमा पक्राउ गरिएको र अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ...

होम क्वारेन्टाइन अनुगमनमा शिक्षक परिचालन

काठमाडौंमा बसिरहेका नगरबासीलाई गाउँ ल्याएको खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले होम क्वारेन्टाइनको आचार संहिता पालनाका लागि शिक्षकलाई परिचालन गरेको छ । काठमाडौं उपत्यकामा बसिरहेको अवस्थामा लकडाउनको मारमा परेका नगरबासीलाई गत वैसाख ११ र १२ गते २५ वटा बसमार्फत घरमा ल्याएको नगरपालिकाले उनीहरुलाई होम क्वारेन्टीनमा बस्ने वातावरण बनाउनका लागि शिक्षकलाई परिचालन गरेको हो ।