दाङ – परीक्षामा नम्बर कम ल्याएको भन्दै कक्षाकोठामा विद्यार्थीलाई कुट्ने एक शिक्षकलाई प्रहरीले पक्राउ गरेकाे छ । दाङकाे देउखुरीको राजपुर गाउँपालिका ७ मा रहेकाे माध्यमिक विद्यालय सिक्टाका शिक्षक हेमराज विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
शिक्षक विकलाई पक्राउ गरेर बालबालिका ऐनअन्तर्गत मुद्दा दर्ता गरिएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी नायब निरीक्षक मीनबहादुर शाहीले जानकारी दिनुभयो ।
विद्यार्थीका अभिभावकको किटानी जाहेरीका आधारमा पक्राउ गरिएको र अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
...