कालिगण्डकीका प्रत्येक घरमा इन्डक्सन चुल्हो

स्याङ्जा-स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले प्रत्येक घरधुरीमा इन्डक्सन चुल्हो वितरण गर्ने भएको छ । गाउँपालिकाभित्र बसोबास गर्दै आएका करिब ४ हजार ६ सय घरधुरीलाई लक्षित गरी ग्यास चुल्हो प्रतिस्थापन गर्दै इन्डक्सन चुल्हो वितरण गर्ने भएको हो ।गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले पदभार ग्रहण गर्दै ग्यासको बढ्दो मूल्य वृद्धिलाई मध्यनजर गर्दै पालिकाभित्रका सबै घरधुरीमा विद्युतीय इन्डक्सन चुल्हो वितरण गर्ने […]

सम्बन्धित सामग्री

प्रत्येक घरमा इन्डक्सन चुल्हो वितरण गर्दै कालीगण्डकी

स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले प्रत्येक घरधुरीमा इन्डक्सन चुल्हो वितरण गर्ने भएको छ ।

प्रत्येक घरमा इन्डक्सन चुल्हो वितरण गर्दै कालीगण्डकी

स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले प्रत्येक घरधुरीमा इन्डक्सन चुल्हो वितरण गर्ने भएको छ ।

भान्साकोठामा विद्युतीय चुल्हो : खर्च र ग्यास विस्थापनको उपयुक्त विकल्प

काठमाडौं । लामो समय लोडसेडिङ भोगिरहेका हामीलाई चौबीसै घन्टा बिजुली उपलब्ध गराएसँगै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायत प्राधिकरण आबद्ध पदाधिकारीले बेलाबखत भन्ने गरेका छन्, ‘अब बिजुली खपत बढाउनुपर्छ किनकि हामीसँग पर्याप्त बिजुली छ ।’ दैनिक जीवनको अत्यावश्यक चीजमध्येको एक बिजुलीमा देश आत्मनिर्भर छ भन्न पाउनु खुसीकै कुरा हो । अहिले जाडोयाममा नदीनालामा पानीको सतह घट्न गई बिजुली कम उत्पादन हुने र लोडसेडिङको सम्भावना हुने समयसमेत नेपालको बिजुली भारत निर्यात भइरहेको खबरले जोसुकैलाई हर्षित बनाएको छ । यसै मेसोमा विद्युत प्राधिकरणले उक्साएझैं हामी आफैं पनि घरमा गरिने अन्य काममा जस्तै खाना पकाउन पनि विद्युतीय (इन्डक्सन) चुल्हो प्रयोग गर्न सक्छौं । बिजुलीको खपत बढाउने मात्र नभई बाह्य मुलुकबाट आयात हुने ग्यास प्रयोग कम गरेर एउटा सकारात्मक अभियानको हिस्सा बन्न सकिन्छ । बिजुलीबाट हामी दैनिक जीवनका अनेक काम गर्दछौं । तीमध्ये एक हो– भान्साको काममा बिजुली उपयोग । विनासकारी भूकम्पलगत्तै नेपालीले भोगेको नाकाबन्दीको नमीठो स्मरण अझै ताजै छ । त्यतिबेला खाना पकाउने एलपी ग्यास अभाव भएपछि विद्युतीय चुल्हो किन्न तँछाडमछाड हुन गई बजारमा यसको अभाव हुन गएको थियो । भारतीय नाकाबन्दीको कारण बिरलै सुनिने इन्डक्सन चुल्होको चर्चासँगै उपयोगबारे मानिसले पनि थाहा पाएका थिए । त्यसपछि नै बजारमा विस्तारै विद्युतीय चुल्हो र त्यसमा खाना पकाउन मिल्ने भाँडाको उपलब्धता पनि बढ्दै गएको हो । पछिल्लो समय सुपरमार्केट, विद्युतीय सामग्रीका पसल तथा भाँडा पसलहरूमा विद्युतीय चुल्हो तथा आवश्यक भाँडा सहज किन्न सकिन्छ । विद्युतीय चुल्हो सानो परिवारको भान्सालाई हुने एउटा वा दुई वटा बर्नरदेखि रेस्टुरेन्ट वा धेरैलाई पकाउन मिल्ने दुईभन्दा बढी बर्नर भएको पनि पाइन्छ । विद्युतीय चुल्होमा करेन्ट नलाग्ने, पानी वा झोल पोखिए पनि चुल्होको आन्तरिक भागमा नजाने गरी सुरक्षित तरिकाले बनाइको हुन्छ । आफ्नो इच्छा वा सम्बन्धित परिकार पकाउन आवश्यक तापमानअनुसार तामक्रम घटाउन/बढाउन मिल्ले सजिलो टचस्क्रिन बटन व्यवस्था हुनाले प्रयोग गर्न सरल हुन्छ । आवश्यक्ताअनुसार तापमानको साथमा परिकार तयार हुन लाग्ने समयको संकेतसमेत दिने टाइमरको पनि व्यवस्था हुँदा सही तरिकाले निश्चित समयभित्र परिकार पकाउन सकिन्छ । विद्युतीय चुल्होमा खाना पकाउन प्रयोग हुने भाँडा अन्य सामान्य भाँडाजस्तै स्टेनलेस स्टिल आदिबाट बनेको भए पनि करेन्ट नलाग्ने प्रोटेक्टिभ लेयर प्रयोग गरेर तयार गरिएका हुन्छन् । खाना वा दाल पकाउने पे्रसरकुकर, तरकारीका लागि कराई, डेक्ची आदि भाँडा यस्ता विशेष प्रविधि प्रयोग गरेर बनाइएको पाइन्छ । यी भाँडा विद्युतीय चुल्होमा मात्र नभई सामान्य ग्यास चुल्होमा पनि प्रयोग गर्न सकिन्छ । सहरबजार र एलपी ग्यास सहजै उपलब्ध हुने ठाउँमा अझै पनि एलपी ग्यासकै चुल्होमा खाना पकाउने चलन छ । खाना पकाउँदा एलपी ग्यास वा इन्डक्सन चुल्हो कुनचाहिँ खर्चको दृष्टिले मितव्ययी हुन सक्ला भन्ने विषयमा आधिकारिक जानकारी पाउन मुस्किल भए पनि इन्जिनियरिङ इन्स्टिच्युट त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तथा ऊर्जा विशेषज्ञ अमृतमान नकर्मीले गरेको एक अध्ययनसम्बन्धी गत नोभेम्बरमा एक दैनिकमा प्रकाशित समाचारमा उल्लेख भएअनुसार इन्डक्सन चुल्होमा खाना पकाउँदा ग्यास चुल्होमा भन्दा झन्डै ५० प्रतिशत कम खर्च हुने जनाइएको छ । उक्त अध्ययनलाई आधार मान्दा इन्डक्सन चुल्होमा खाना पकाउन सजिलो, सुरक्षित, छिटो मात्र नभई खर्चसमेत बचाउन सकिने देखिन्छ । एक दशकदेखि नेपालमा इन्डक्सन चुल्हो आयात गरी व्यवसाय गरिरहेको हाम्रो इन्डक्सन प्रालि महाबौद्धका प्रतिनिधि तृष्णा शाक्यका अनुसार इन्डक्सन चुल्होप्रति आममानिसको चासो र लगाव बढ्दै गएको छ । हरेक दिन पसल पुग्ने ग्राहकबाहेक फोनमार्फत पनि जानकारी लिई इन्डक्सन खरिद गर्नेको संख्या पनि उत्तिकै बढिरहेको छ । उनका अनुसार चालू कोभिड महामारीका कारण मागअनुसार इन्डक्सन चुल्हो पुर्‍याउन इन्डक्सन व्यवसायीलाई धौधौ परिरहेको छ । यसबाट इन्डक्सन चुल्होप्रति आममानिसको चासो तथा प्रयोग गर्ने प्रवृत्ति बढ्दै गएको पाइन्छ । अझै पनि आक्कलझुक्कल मौसम वा मर्मतसम्भार आदिका कारण बिजुली आपूर्ति अवरुद्ध हुने समस्यामा अहिले पनि हटेको छैन । त्यसैले पूर्णतः विद्युतीय चुल्होमै खाना पकाउने निर्णय गरिहाल्नु हतारो हुन सक्छ । तर, इन्डक्सन चुल्होलाई भान्साको काम छिटोछरितो सम्पन्न गर्न तथा अपर्झट ग्यास अभाव हुँदा उपयोग गर्दै स्मार्ट कुकिङतर्फ अग्रसर हुन एवं बिजुली खपत बढाउँदै इन्धनको नाममा देशबाट बाहिरिने रकम जोगाउन भूमिका खेल्न भने अवश्य सकिन्छ ।

तत्काल कति सम्भव छ इन्डक्सन चुल्होको प्रयोग ?

घटेको विद्युत महशुलले भान्छामा विद्युतीय चुल्होको प्रयोग बढाउने अपेक्षा गरिएको छ । विद्युत प्राधिकरणले २० युनिटसम्म बिजुली खपत गर्दा ३० रुपैयाँ सेवा शुल्क मात्रै लाग्ने व्यवस्था गरेपछि इन्डक्सन चुल्होको प्रयोग बढ्ने अनुमान गरिएपनि काठमाडौँमा भने तत्काल यो सम्भव देखिएको छैन ।काठमाडौँमा हरेक घरमा भाडामा मानिसहरु बस्ने र उनीहरुले सिमित मात्रामा बिजुलीको पैसा तिर्ने भएकाले भाडामा बस्नेहरुले इन्डक्सन चुल्हो प्रयोग गर्ने अवस्था नरहेको डेरावाला सरोकार समाजका अगुवाहरु बताउँछन् । घरबेटीसँगै सगोलमा एउटै मिटरबाट बिजुली प्रयोग गर्दै आएकाहरुले कुनैपनि हालतमा इन्डक्सन चुल्हो राख्न नसक्ने उनीहरुको भनाई छ ।‘सवा मिटर’ राखेर बिजुली उपभोग गर्दै आएकाहरुले पनि तत्कालै विद्युतीय चुल्हो नै प्रयोग गर्छन् भन्ने देखिएको छैन । उद्यपी, घरबेटी तथा घर नै भाडामा लिएर त्यही बस्ने र त्यही पेशा व्यवसाय सञ्चालन गर्नेहरुले पनि इन्डक्सन चुल्हो प्रयोग गर्न थालिसकेका छन् ।काठमाडौँमै पनि तत्काल सम्भव छैन इन्डक्सन चुल्हो २ वर्ष भन्दा अगाडी बनेका घरमा जोडिएको विद्युतीय संरचना तथा पूर्वाधार इन्डक्सन चुल्हो मैत्री नरहेको प्राविधिहरु नै बताउँछन् । पूराना घरमा रहेका विद्युतीय उपकरणले इन्डक्सन चुल्होले खपत गर्ने विद्युतको आपुर्तिलाई थेग्न नसक्ने र फलस्वरुप चाँडै त्यस्ता सामान जल्ने खतरा रहेको प्राविधिहरुको बुझाई छ ।काठमाडौँकै पुराना घरमा १५ एम्पिएरको मात्रै एमसीबी राखिएकाले डबल बर्नरको इन्डक्सन चुल्हो राख्न सम्भव नहुने विद्युतीय प्राविधिकहरु बताउँछन् । एउटा मात्रै बर्नर भएको इन्डक्सन चुल्हो प्रयोग गर्न पनि १५ एम्पिएरको एमसीबी आवश्यक हुन्छ । एउटा मात्रै बर्नर भएको इन्डक्सनले १२ सयदेखि १८ सय वाटसम्म विद्युत खपत गर्छ । एउटाभन्दा बढी बर्नर भएको इन्डक्सन प्रयोग गर्दा विद्युतको खपत स्वतः बढ्छ । जसका लागि ५० एम्पिएरको एमसीबी चाहिन्छ ।नयाँ बनेका घरमा ३० एम्पिएरको एमसीबी राखिएको छ भने २ वटा भान्छामा इन्डक्सन चुल्हो प्रयोग गर्न सकिन्छ । तर, एउटै घरमा २ भन्दा बढी भान्छा भएको अवस्थामा इन्डक्सन चुल्हो प्रयोग गर्न सकिन्न ।जसका कारण तत्कालै इन्डक्सन चुल्होको प्रयोग सम्भव देखिँदैन । गाउँमा त झन ५ एम्पिएरका एमसीबीगाउँमा त अझ निकै कमजोर क्षमताको एमसीबी जडान गरिएको हुन्छ । ग्रामीण भेगका अधिकांश ठाउँमा ५ एम्एिरको एमसीबी राखिएका छन् । जबकि, एउटा इन्डक्सन चुल्हो मात्रै प्रयोग गर्दा पनि ५ एम्पिएर विद्युत खपत गरिदिन्छ । यदि, गाउँमा इन्डक्सन चुल्हो बाल्ने हो भने त्यो समयमा अन्य विद्युतीय उपकरण त परै जावस्, बिजुलीका बल्भ समेत बल्न सक्दैनन् ।यति मात्रै नभई घरभित्रको वायरिङको गुणस्तरले समेत यसमा प्रभाव पार्ने भएकाले अब बन्ने घरमा ३० देखिमाथि क्षमता भएका एम्पिएरसँगै गुणस्तरीय वायरिङ नगरी अहिलेकै संरचनामा इन्डक्सन चुल्होको प्रयोग सम्भव देखिँदैन ।तर, ग्याँस र पेट्रोलीयम पदार्थलाई विस्थापन गर्दै बिद्युतको खपत बढाउन सोही अनुसारको संरचना तयार गर्दै लैजानुपर्ने विज्ञहरुको सुझाव छ । यसले शहरको प्रदूषण घटाई व्यापार घाटासमेत ‘साइज’मा ल्याउने अनुमान हुँदै आएको छ ।