६ दिनको यमपञ्चक : तिहारको बिदा पाँच दिन, सरकारी कार्यालय एक साता बन्द

काठमाडौं : यमपञ्चक ! यो शब्दले यमराजसँग सम्बन्धित ५ दिन भन्ने बुझाउँछ।पहिलो दिन काग तिहार। दोस्रो दिन कुकुर तिहार। तेस्रो दिन गाई पूजा र लक्ष्मी पूजा। चौथो दिन गोवर्द्धन पूजा वा गोरु पूजा। अन्तिम दिन भाइटीका। यमपञ्चकको क्रम यही हो।तर यो वर्ष यमपञ्चक ६ दिनको भएको छ। तिथि घटबढका कारण यस्तो हुने पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारी बताउँछन्।‘यो वर्ष मात्र नभई पहिले पनि कुनै कुनै वर्ष यस्तो स्थिति हुन्थ्यो’, उनी भन्छन्, ‘यो वर्ष त

सम्बन्धित सामग्री

एक हप्तापछि आज सरकारी कार्यालय खुल्दै, शिक्षण संस्था पनि सञ्चालनमा

काठमाण्डाै - एक हप्ताको लगातार बिदापछि आजदेखि सरकारी कार्यालय खुल्दैछन् । अघिल्लो सोमवार अर्थात कात्तिक ७ गते लक्ष्मीपूजाको दिनदेखि सुरु भएको सार्वजनिक बिदा हिजोसम्म कायम थियो । सोमवारदेखि शुक्रवारसम्म पाँच दिन तिहारको बिदा भयो । त्यसपछि अस्ति शनिवार र हिजो छठ पर्वको बिदा थियो । मधेस प्रदेशमा भने आज पनि छठको सार्वजनिक बिदा दिइएको छ । मधेस प्रदेशबाहेकका अरु ठाउँमा भने आजदेखि सरकारी कार्यालय खुल्न लागेका हुन् । यस्तै दशैँदेखि बिदा भएका शिक्षण संस्था पनि आजदेखि खुलेका छन् । दशैँ तिहारको बीचमा केह...

तिहार बिदा मिलाउन सरकारी कार्यालय आज पनि बन्द

काठमाडाैं । यस वर्षको तिहार सम्पन्न भएको छ । तर, तिहारको बिदा मिलाउन सरकारी कार्यालयहरू आज पनि बन्द छन् । तिहारको मुख्य दिन बिहीबार भाइटिका लगाएसँगै यस वर्षको तिहार सम्पन्न भएको हो । बिहीबार बिहान ११ बजेर ३७ मिनेटको उत्तम साइत भएपनि दिनभरी नैं भाइटिका लगाईएको थियो । यसपटक राष्ट्रपति विद्यादेवी भण्डारी एवं प्रधानमन्त्री शेरबहादुर […]

आजदेखि तिहारको बिदा सुरु

काठमाण्डौ – आजदेखि तिहारको बिदा सुरु भएको छ । आजदेखि भाइटीकाको दिन अर्थात् आउँदो बिहीवारसम्म तिहारको बिदा छ । तर, धेरैजसो सरकारी कार्यालय भने आउँदो १४ गतेदेखि मात्रै खुल्ने सम्भावना छ । भाइटीकाको भोलिपल्ट शुक्रवार परेको र त्यसको पर्सीपल्ट छठ पर्व परेकाले धेरैजसो कर्मचारीहरु फर्किने सम्भावना कम छ । १३ गते आइतवार परेको छठ पर्वमा पनि सार्वजनिक बिदा दिइएको छ । त्यसैले धेरैजसो सरकारी कार्यालय १४ गतेदेखि मात्रै खुल्ने सम्भावना छ । काठमाण्डौ उपत्यकाका विद्यालय पनि १४ गतेदेखि नै खुल्दै छन् ।

महेन्द्र क्याम्पस जग्गा प्रकरण : पेशीमा क्याम्पस अनुपस्थित, मोहीको नाममा नामसारी

मंसिर २३, धरान । विगत ३ वर्षदेखि मोहीमा विवादित बनेको महेन्द्र बहुमुखी क्याम्पस धरानको जग्गा भूमिसुधार तथा मालपोत कार्यालय सुनसरीले नामसारी गरिदिए पछि जग्गा हडप्न सहज बनाइदिएको छ । २०३४ सालमा क्याम्पसले खरीद गरी उपभोग गर्दै आएको धरान ११ स्थित स्वस्तिक चौकमा रहेको कित्ता नम्बर २६६ को १७ कट्ठा १८ धुर जग्गामा रहेको मोही नामसारीका लागि दिएको निवेदन माथि भूमिसुधारले फैसला गर्दै नामसारी गरिदिएको छ । विगत ३ वर्षदेखि विवाद चर्किएको मोहियानी नामसारी मुद्दा क्याम्पसको विपक्षमा फैसला गर्दै जग्गा हडप्न मालपोत कार्यालयले सहज बनाइदिएको हो ।  क्याम्पसले जग्गा खरीद गरेको समयमा मोही कायम रहेका डम्बर बहादुर घिमिरेको छोरा भनिएका यज्ञ बहादुर क्षेत्रीको नाममा नामसारी गरिदिने फैसला गरिदिएको छ । क्याम्पस प्रशासनको गैह्रजिम्मेवारी कै कारण भूमिसुधारलाई फैसला गर्न पनि सहज बनेको थियो ।  फैसला हुनुअघि भूमिसुधारको तारिख तथा पेशीका लागि क्याम्पसको तर्फबाट कोही पनि गएनन् । ३ पटकको पेशीमा समेत कुनै वकिल पठाउन नसक्दा भूमिसुधारले एकलौटी फैसला गरिदिएको हो । जसले गर्दा क्याम्पस प्रशासन गैह्रजिम्मेवार रहेको प्रष्ट भएको छ ।  २०७५ मा मोहियानी हक दाबी गर्दै तत्कालिन धरान विद्युत् प्राधिकरणका कर्मचारी यज्ञ बहादुर क्षेत्रीले नामसारी गराउन निवेदन दिएका थिए । यज्ञले दिएको निवेदनपछि क्याम्पस प्रशासनले पनि मोही दाखिल खारेजको निवेदन दिएको थियो । तर भूिमसुधारले भने मोही पक्षको हकमा फैसला गर्दै नामसारी गरिदिने फैसला गत असोज २५ गते नै गरेको हो । उनी डम्बर बहादुर घिमिरेकै छोरा हुन् भन्ने पनि त्यतीबेला आशंका रहेको थियो ।  २०३४ सालमा साविक धरान ९ (क) हाल धरान ११ स्वास्तिक चोकमा पर्ने कित्ता नम्बर २६६ को १७ कट्ठा १८ धुर जग्गा श्यामगोविन्द श्रेष्ठबाट क्याम्पसले किनेको थियो । उक्त जग्गामा त्यती बेलादेखि नै शिक्षक क्वाटर र छात्रवास रहेको छ । क्याम्पसले नै अहिलेसम्म जग्गाको तिरो पनि तिर्दै आएको छ ।  स्रेस्तामा मोही उल्लेख भएका डम्बरबहादुर घिमिरेको मृत्यु भइसकेको छ । मोही घिमिरेलाई त्यसबेला नै चित्त बुझाएर जग्गा किनबेच गरिएको भएपनि लगतकट्टा नगरिदा अहिले भूमाफियाहरुले जग्गा हड्प्न उनका छोरा यज्ञबहादुर क्षेत्रीलाई अघि सारेका हुन् । उक्त जग्गाको मूल्य अहिले करोडौं रुपैयाँ पर्छ । यता क्याम्पस प्रमुख दामोदर भण्डारी मालपोत कार्यालयको कमजोरी रहेको दाबी गर्छन् । मालपोत कार्यालय र भूमाफियाहरुको मिलेमतोमा क्याम्पसको जग्गा हडप्न खोजेको उनको भनाइ छ । उनी भन्छन्, ‘त्यसका विरुद्ध पुनरावेदनका लागि उच्च अदालत जाने तयारी गरेका छौं, जसको नाममा मोही छ, उनले कमाएको पनि छैन, भोगचलन हामीले गरिरहेका छौं, भूमिसुधारले मागेको भोगचलनको सर्जमिन मुचुल्का पनि हामीले बुझाइसकेका छौं ।’ क्याम्पसमा दशैं तिहारको बिदा शुरु भएपछि भूमिसुधारले फैसला गरेका कारण पत्र ढिलो गरि बुझेको उनको भनाइ छ । उनका अनुसार क्याम्पस २१ गतेदेखि बन्द भएको थियो भने भूमिसुधारले असोज २५ गते फैसला गरेको थियो । भूमिसुधारले गरेको फैसला त्यति बेला बुझेको भए सरकारी कार्यालय बिदा हुँदा मुद्धा हाल्न समय पर्याप्त नहुने भएकाले ढिलाइ गरि म्याद बुझेको उनी बताउँछन् ।  पर्याप्त डकुमेन्टहरु बुझाउँदा पनि भूमिसुधारले गलत गरेको उनको आरोप छ । व्यक्तिलाई फाइदा हुने गरि संस्थाले निर्णय नगर्ने बताउँदै क्याम्पस प्रमुख भण्डारीले क्याम्पसको जग्गा आफ्नै मातहतमा ल्याउने बताएका छन् ।  यता भूमिसुधार तथा मालपोत कार्यालयले दुई वर्षसम्म कुनै पनि मुद्दा रोक्नु नमिल्ने भएकाले सबै प्रमाणको आधारमा मोही नामसारीको फैसला गरिएको जानकारी दिएको छ । मालपोतका सुब्बा शम्भु सुवेदीले पर्याप्त प्रमाणहरु भएकाले नै मोही नामसारीका लागि फैसला गरिएको बताए । उनले भने, ‘मोहीको नाममात्रै सरेको हो, जग्गा सरेको होइन् ।’ किनेको समयमै मोहीको लगतकट्टा कटाउनु पर्नेमा नभएकाले अहिलेसम्म मोही सर्दै आएको उनको भनाइ छ । उनले भने, ‘कागजपत्र अनुसार मोही सँगसँगै किनेको देखिन्छ, मोही सर्दै आयो अहिलेसम्म, क्याम्पसलाई पटक पटक हामीले भनेको हो, कुनै पहल नगर्दा ढिलाई भएको हो ।’  भूमिसुधारले नाम मात्रै सारिदिएको उनी बताउँछन् । उनका अनुसार जग्गा जाने नजाने भनेर चै अदालतको फैसलाले निर्णय गर्नेछ । क्याम्पसले पुनरावेदन गरेर उच्च अदालतले निर्णय गरेपछि मात्रै लागू हुने उनको भनाइ छ । कार्यालयले निर्णय गरेकाले मिलेमतो देखिएको जस्तो मात्रै रहेको उनले प्रष्ट्याए ।